बैद्य माओवादीलाई जिल्ला परिषदमा समावेश गरे स्वीकार्य नहुँने अन्य दलहरुको भनाई

मुगुन्युज डट कम
फागुन २२ मुगु
आगामी फागुन २७ गते हुन लागेको जिल्ला विकास समिति मुगुको सातौ जिल्ला परिषदमा वैद्य माओवादी सहभागि भएमा आफुहरुलाई स्वीकार नहुने अन्य राजनीतिक दलहरुबीच चर्चा हुन थालेको छ ।
 संविधान सभा निर्वाचन तथा सरकारका अन्य निती बहिष्कार गरेको बैद्य पक्षिय नेकपा माओवादीले अहिले जिल्लामा हुने सवै खाले सरकारी क्रिया क्लापमा आफ्नो सम्मानपुर्ण उपस्थिती खोज्नु उपयुक्त नभएको अवस्थामा आउदो साता हुने जिल्ला परिषदमा उसलाई समावेश गर्ने नगर्ने भन्ने विषयमा जिल्लाका एमाले, काँग्रेस, एमाओवादी लगायत संविधान सभाको निर्वाचनमा सहभागि भएका १७ वटा राजनीतिक दलहरुबीच हिजो आज छलफल हुन थालेको छ ।
राज्यको नियम ,कानुन बहिष्कार गर्ने तर जिल्ला परिषद लगायत अन्य सरकारी गतिविधिमा सम्मानजनक सहभागिता खोज्नु राम्रो नहुँने हुँदा संविधान सभा निर्वाचनमा सहभागि भएका दलहरुबीच छलफल भईरहेको तथा स्थानीय विकास अधिकारी भरत गौतमले वैद्य माओवादीलाई आमन्त्रीत गर्ने भन्ने कुरा आए पछि दलहरुबीच छलफल सुरु भएको तर निर्णय आउन केही समय लाग्ने नेकपा एमालेका सचिव जितबहादुर मल्लले जानकारी दिए ।
 नेपाल सरकारले घोषणा गरेको संविधान ुभा निर्वाचन तथा अन्य गतिविधी अस्वीकार गर्ने वैद्य माओवादीले पछिल्लो समयमा जिल्लामा हुने सरकारी गतिविधीमा सहभागि हुन खोज्नु उसको नैतिकतामा भर पर्ने तथा यसो गर्न खोजिए राम्रो समेत नहुने एकिकृत माओवादीका मुगु जिल्ला संयोजक सुकविर बुढाले बताए । संविधान सभाको निर्वाचनमा भाग लिएका जिल्लाका १७ वटा राजनीतिक दलहरुबीच यस विषयमा छलफल भईरहेकोले वैद्य माओवादीलाई परिषदमा समावेश गराउने नगराउने विषयमा अहिले नै यसै हुन्छ भन्न नसकिने बुढाले बताए ।
नेकपा माओवादीले संविधान सभा निर्वाचन बहिष्कार गरे पनि जिल्लामा हुने अन्य विकास निर्माण , सामाजिक रुपान्तरणका क्रिया क्लाप बहिष्कार नगरेको र माओवादी पनि नेपाली नागरिक नै भएकाले परिषदमा आफ्नो सम्मानजनक सहभागिता हुनु पर्ने नेकपा माओवादीका केन्द्रीय सदस्य मंगलबहादुर शाही (प्रतिक) ले बताए ।
 यो विषयमा जिल्लाका राजनीतिक दलहरुले छिटो निर्णय गर्न जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भरत गौतमलाई आग्रह गरेका छन । निर्वाचन आयोगमा दर्ता नभएकाले वैद्य माओवादीलाई समान अस्तित्व दिईन नहुँने दलहरुको भनाई छ ।

,

0 comments

बिचार लेख्नुहोस्..