कर्णाली रोजगारको करोड औ रकम जिल्ला बाहिरिदै
मुगु न्युज खोज,
फागुन १९ मुगु---------------
नेपाल सरकार स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति मार्फत गाविसमा जाने कर्णाली रोजगारको करोड औ रकम लक्ष्यीत वर्गका लागि खर्च नभई सडक निर्माण गर्ने नाममा डोजर लगाएर जिल्ला बाहिरिन थालेको छ ।
नेपाल सरकारले रोजगारका अवसर सिर्जजना गरि बेरोजगारी न्युनिकरण गर्न कर्णाली रोजगार कार्यक्रम मार्फत अति गरिब र विपन्न परिवारका लागि आएको १ करोड १२ लाख रकम विभिन्न निजी कम्पनिका डोजर लगाएर सडक निर्माण गरि जिल्ला बाहिर गएको छ । यसरी सदरमुकाममा रहेका रुगा, श्रीनगर, कार्कीवाडा र पिना गाविसले गाविसलाई सडक सञ्जालसंग जोड्ने भन्दै डोजर लगाएर सडक निर्माण गर्दा न्युन आए भएका घर परिवारका लागि आएको रकम जिल्ला भन्दा बाहिर गएको हो । श्रीनगर गाविसले पाँच किलो मिटर,कार्कीवाडाले ९ किलो मिटर, पिनाले ८ किलो मिटर, रुगाले १ किलो मिटर सडक डोजर लगाएर निर्माण गरिसकेका छन । यस वर्ष कार्कीवाडाले पनि १ दशमलव ७ किमी सडक कर्णाली रोजगारको रकमबाट सडक निर्माण गरिसकेको छ भने श्रीनगर गाविसले सम्झौता गर्ने तयारी गरिरहेको छ ।
कर्णाली रोजगारको रकम न्युन आय भएका विपन्न घर परिवारले कुनै विकास निर्माण काम गरेर खर्च गर्नु पर्ने भए पनि रोजगार पेशा व्यवसाय गरेका घर धुरीले समेत रकम दावी गर्ने तथा विकासका काम गर्दा ठग्ने परम्परा भएकाले डोजर लगाएर सडक निर्माण गर्नु परेको गाविस सचिवले बताईरहेका छन । मान्छेले काम गर्दा निकै ढिलो र गुणस्तर हिन हुने भएकाले डोजर प्रयोग गरेको उनिहरुको दावी छ ।
जिल्लामा बनेको जिल्ला यातायात गुरु योजना अनुसार डोजर लगाएर सडक खन्न नमिल्ने भए पनि अहिले धमाधम डोजर प्रयोग भईरहेकाले केहि समस्या देखिएको जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौतमले बताए । वेरोजगारलाई मौसमी रोजगार दिन सरकारले कर्णाली रोजगार कार्यक्रम ल्याएको र सडक निर्माण गर्नु पर्ने भए पनि मानब शक्ति प्रयोग हुनु पर्ने जिल्ला विकास समिति मुगु कर्णाली रोजगार कार्यक्रमका ईन्जिनियर विक्रम शाहीले बताए । उनले भने, सडक वा अन्य कुनै पुर्वाधार निर्माण गर्दा मान्छेले काम गर्न नसक्ने अवस्था आए प्राविधिकको प्रतिवेदन अनुसार अन्य उपकरण लगाउन सकिन्छ तर यहाँ मान्छेले सजिलै खन्न सकिने सडकमा समेत डोजर प्रयोग गरिएको छ । अर्को तर्फ सडक निर्माण गरिएका स्थानमा कुनै पनि प्राविधिक सल्लाह छैन । बातावरणिय प्रभाव अध्ययन विना नै जथाभावी सडक निर्माण गरिएको छ भने यस्ता सडक निर्माण गरिएका स्थानमा भुक्ष्य र बाढी पहिरोको जोखिम बढेर गएको जिल्लामा बहस हुन थालेको छ । अहिले गमगढीमा सिंजा भ्याली,सरस्वती निर्माण सेवा,सुर्योदयो निर्माण सेवा र चौलागाई निर्माण सेवाका डोजरहरुले गाविसहरुसंग सम्झौता गरि सडक खन्ने काम गरिरहेका छन ।

0 comments
बिचार लेख्नुहोस्..