कर्णाली रोजगारको रकम व्यवस्थित गर्नु पर्ने सरोकारवालाको भनाई
मुगु न्युज डट कम ,
फागुन २० मुगु-----
नेपाल सरकारले गरिव तथा अति विपन्न घर परिवारका लागि दिने कर्णाली रोजगारको रकम व्यवस्थित हुन नसकेको भन्दै जिल्लाका सरोकारवाला निकायले जिल्लामा आउने यो रकम व्यवस्थित गर्नु पर्ने बताएका छन ।
मंगलबार जिल्ला विकास समिति मुगु कर्णाली रोजगार ईकाईले आयोजना गरेको छलफल कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन । कुनै रोजगारमुलक काममा नलागेका तथा पेशा व्यवसाय सञ्चालन गर्न आर्थिक अवस्था कमजोर रहेका धरधुरीका कुनै उक सदस्यले वर्षको एक दिन काम गरे बापत सरकारले रकम उपलब्ध गराउने भए पनि जिल्लामा रोजगार तथा वेरोजगार सवैले दामासाहीका दरले बाँड्ने गरेका, विकासका काम पनि वर्षेनी पुरानैलाई निरन्तरता दिने गरेकाले रकम सदुपयोग हुन नसकेको जिल्लाका काँग्रैस एमाले लगायतका राजनीतिक दलहरुले बताए । विगतमा गाविस मार्फत जाने कर्णाली रोजगारको रकम सहि रुपमा खर्च हुन नसकेकोले अब देखि कृषि सडक, लघु विद्युत, सिचाई कुलो, फलफुल तथा जडीबुटी खेति लगायतका क्षेत्रमा कर्णाली रोजगार कार्यक्रम कार्य विधि २०६४ अनुसार खर्च गरिने स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।
सरकारले २०६३ साल देखि गाविस मार्फत खर्च गर्ने गरि बार्षिक तिन करोड बढि रकम पठाउदै आएको छ तर परिणाम भने शुन्य देखिएको छ । कतिपय गाविसले आधुनिक चुल्हो, सोलारमा खर्च गरेको पाईएको छ भने गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा एक घर एक शौचालय निर्माणमा रकम लगानी गरिए पनि सरकारको खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान सफल हुन सकेको छैन ।
0 comments
बिचार लेख्नुहोस्..