जिल्लाका विभिन्न आठ गाविसमा अपाङ्गका लागि कायृक्रम सञ्चालन गरिने
मोहन कुमार मल्ल-----
मुगु न्युज डट कम,
चैत्र १५ मुगु-----------
जिल्लाका विभिन्न आठ ओटा गाविसहरुमा आई.एन. एफ. मुगुले अपागंका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शुक्रवार देखि गमगढीमा सुरु भएको समुदायमा आधारित पुर्नस्थापना समावेसी तालीमको समापन कार्यक्रममा खत्याडका सेरी, खमाले र सुकाढिक, सोरु भेकका फोतु र नार्थपु , गम भेकका रुगा र रोवा तथा करान भेकका माँग्री गरेर आठ ओटा गाविसमा अपागंहरुको समान सहभागिता हुने गरि सहयोग कार्यक्रम सञ्चालन गरिने जानकारी गराईएको छ ।
ति गाविसहरुमा रहेका अपागँहरुका लागि सहयोगि सामग्री वितरण गर्नुका साथै जिल्लामा उपचार हुन नसक्ने अपागँलाई सुविधायुक्त स्थानमा उपचारका लागि पठाईने भएको छ । विद्यालयमा अध्ययनरत अपागं विद्यार्थीका लागि लागि अपागं मैत्रि विद्यालय वातावरण बनाउने , स्वास्थ्य चौकिहरुमा अपागं मैत्रि शौचालय बनाउने र यसका लागि जिल्ला स्तरिय रणनिती निर्माण समेत गरिने भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..