दोहोरो सुचनाका कारण परिक्षार्थी अनुपस्थित


पुष्पा शाही----------
मुगु न्युज डट कम-
चैत्र १७ ( रातापानी )मुगु-------
शिक्षा संकाय तर्फ वि.एड तेस्रो वर्षको पहिलो दिनको परिक्षामा खत्याड भेक स्थित रातापानी शिक्षा क्याम्पसका परिक्षार्थीले सहि सुचना नपाउँदा परिक्षार्थी अनुपस्थित रहेका छन ।
परिक्षा दिउसो एक बजेबाट सञ्चालन हुने हल्ला चले पनि विहान सात बजेबाट परिक्षा सुरु भए पछि धेरै विद्यार्थी अनुपस्थित भएको क्याम्पस प्रसाशनले जनाएको छ । पहिलो दिन जनसंख्या विषयको परिक्षामा  नियमित तर्फ १ सय २६ र एक्जाम्टेड तर्फ ३५ जना परिक्षार्थीले परिक्षा आवेदन फारम भरे पनि परिक्षा विहन सात बजे देखि सुरु भएका कारण दुई दर्जन बढि परिक्षार्थी दश बजे पछि मात्र परिक्षा स्थलमा पुगेको क्याम्पसले जनाएको छ ।
विहान सात बजे सुरु हुने परिक्षा निर्धारित समय भन्दा एक घण्टा ढिलो गरि सुरु भएको छ । परिक्षा आवेदन भरेका परिक्षार्थीको संख्या भन्दा  छ वटा प्रश्न पत्र नपुग भए पछि परिक्षा एक घण्टा ढिलो भएको हो । प्रश्न पत्र पठाउदा त्रिभुवन विश्व विद्यालयले नै कम पठाएको क्याम्पसले जनाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..