स्वास्थ्यकर्मी फोकल पर्शन हुँदा स्वास्थ्य उपचारमा समस्या


सुमन मल्ल--------

चैत्र ३ मुगु----------------
जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल मुगुमा जनशक्ति अभावका कारण विभिन्न कार्यक्रमका फोकल पर्शन स्वास्थ्यकर्मि नै रहँदा स्वास्थ्य उपचार तथा स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुमा रहेका परिवार नियोजन फाँट,तथ्याकं फाँट, खोप सुपरभाईजर, बाल स्वास्थ्य र सुचना फाँटमा फाँट प्रमुखको दरबन्दि रहे पनि अहिलेसम्म रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका जन स्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए । आधा दर्जन बढि फाँट प्रमुखका दरबन्दि रहे पनि रिक्त हुँदा सवै फाँटको जिम्मेवारी कार्यालय प्रमुखले सम्हाल्नु परेको तथा अन्य दैनिक कार्य सम्पादनमा समेत अबरोध हुने गरेको प्रमुख चौधरीले बताए ।
 जिल्ला अस्पताल मुगु अन्र्तगत पनि दुई दुई दर्जन  स्वास्थ्यकर्मिका दरबन्दि रिक्त रहेका छन भने एक जना स्वास्थ्यकर्मिले तिन देखि चार वटा फाँटको जिम्मेवारी सम्हाल्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या आउने गरेको छ । अस्पताल तर्फ रहेका दुई जना स्टाफ नर्श अध्ययनमा छन भने मेडिकल सुपरिटेण्डेण्ट एक ,हेल्थ असिस्टेण्ट २ , अनमी दश, अहेव दश जना गरि दुई दर्जन बढि स्वास्थ्यकर्मिका दरबन्दि रिक्त रहेका छन । जिल्ला अस्पतालका सिनियर अहेव पशुपति शाहीले क्षय रोग, कुष्ठ रोग ,सुचना शाखा, परिवार नियोजन शाखाको जिम्मेवारी दिईएको छ । त्यस्तै सिनियर अहेव जंगलाल बुढालाई एच.आई.भि, एड्स, र खोपको जिम्मेवारी दिईएको छ भने अर्का सिनियर अहेव बाल स्वास्थ्य, ऋम्क्ष्ःऋक्ष्, ऋद्यल्ऋए, पोषण, जनसंख्या र निशुल्क स्वास्थ्य कार्यक्रमको फोकल पर्शनको जिम्मेवारी दिईएको छ ।
स्वास्थ्यकर्मिलाई विभिन्न फाँटको फोकल पर्शन बनाउदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । स्वास्थ्यकर्मिले फोकल पर्शन बस्न नपाउने र त्यसको सवै अधिकार जिल्लाको हुने भए पनि मध्य पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मिलाई फोकल पर्शन तोकिएको पत्र पठाउदा कार्यालयले केहि गर्न नसक्ने स्वास्थ्य प्रमुख चौधरीको भनाई छ ।

,

0 comments

बिचार लेख्नुहोस्..