पाँच गाविसका एक्ला स्वास्थ्यकर्मि
मुगु न्युज डट कम,
चैत्र २२ मुगु----------
जिल्लाको उत्तर पश्चिम क्षेत्रसंग जोडीएको हुम्ला र बाजुराको सिमाना कवाडीमा रहेको निजी औषधी पसलका स्वासथ्यकर्मिले मुगु , हुम्ला र बाजुराका पाँच वटा भन्दा बढि गाविसका सर्व साधारणलाई स्वास्थ्य सेवा दिदै आएका छन ।
एक वर्ष देखि कवाडी बजारमा औषधी पसल गर्दै आएका मुगु धैनकोट गाविसका धिरबहादुर मल्लले हुम्लाका मैला, मदाना, श्रीनगर, बाजुराका विछ्याँ, रुगिन र मुगुका ह्याँग्लु, धैनकोट गाविसका स्थानीयवासीलाई स्वास्थ्य सेवा दिदै आएका छन । गाविसमा रहेका सरकारी स्वास्थ्य संस्थामा औषधीसंग स्वास्थ्यकर्मि अभाव हुँदा सर्वसाधारण उपचारका लागि आफु कहाँ आउने गरेको मल्लले बताए । पश्चिम तर्फ बाजुरा र उत्तर तर्फ हुम्लाका स्थानीयवासी , दुवै तिर प्रहरी चौकि र एउटा निजी विद्यालय रहे पनि खोलाको पानी खाने हुँदा सबै भन्दा बढि आँउ मासी र झाडा पखालाले दुख दिने गरेको हुम्ला तर्फ रहेको प्रहरी चौकिका ईन्चार्ज गणेश रानाले बताए ।
अहिले दैनिक एक दर्जनसम्म यस्तो समस्या भएका विरामी आउने गरेका र पसल राखे यता पाँच सय भन्दा बढि टाईफाईडका विरामी आएको मल्लको भनाई छ । प्रयोगशाला सहितको औषधी पसलमा दम ,रुगा खोकिसंगै असुरक्षित गर्भ रहेका महिला पनि आउने गरेका छन । यसरी आउने महिलाहरुलाई परामर्श सेवा दिएर पठाउने गरेको पनि मल्लले बताए ।

0 comments
बिचार लेख्नुहोस्..