सदरमुकामका गाविसमा नै विद्यालय छोड्ने विद्यार्थीको संख्या विस प्रतिशत


मुगु न्युज डट कम,
फागुन २० मुगु -------------
 जिल्ला भरिका १ सय ३६ सरकारी सरकारी विद्यालयमा अध्ययनरत १७ हजार विद्यार्थी मध्य विद्यालय भर्ना हुन नसकेका विद्यार्थीको संख्या ४ प्रतिशत मात्र रहेको जिल्ला शिक्षा कार्यालयले दावी गरिरहेका वेला सदरमुकामकै गाविसमा विद्यालय भर्ना भएर छोड्ने विद्यार्थीको संख्या २० प्रतिशत रहेको पाईएको छ ।
श्रीनगर गाविसको पाँच वर्षे आबधिक योजना निर्माणका लागि संकलन गरिएको तथ्याकंले त्यस्तो देखाएको हो ।सदरमुकाम गमगढी रहेको श्रीनगर गाविसमा रहेका प्रावि, निमावि ,मावि तथा उमावि गरेर रहेका ९ वटा सरकारी विद्यालयमा विद्यार्थी भर्ना दर ९५ प्रतिशत रहे पनि विद्यालय भर्ना भएर विद्यालय छोड्ने बालकालिकाको संख्या २० प्रतिशत रहेको तथ्याकंले देखाएको छ । ९ वटा विद्यालयमा रहेका कुल ५२ कक्षा कोठा मध्य २७ कक्षा कोठा जिर्ण अवस्थामा रहेको आवधिक योजनाको तथ्याकंमा उल्लेख छ ।
७ सय २९ घर धुरी तथा ३ हजार २ सय ८५ जनसंख्या रहेको सदरमुकामको श्रीनगर गाविसको पाँच वर्षे आवधिक योजना गाविसका स्थानीयवासी र सरोकारवाला निकायको भेलाले मंगलबार अनुमोदन गरेको छ ।
ग्रामीण अनुसन्धान विकास केन्द्र, हेल्भटासको सहयोगमा घर दैलो गरि संकलन गरिएको तथ्याकं पछि बनाईएको गाविसको पाँच वर्षे आवधिक योजनाले आगामी पाँच वर्ष भित्र गाविसको आर्थिक , सामाजिक, साँस्कृति, शैक्षिक तथा पुर्वाधार विकासमा परिणाममुखि उपलब्धी हाँसिल गर्ने श्रीनगर गाविसका सचिव नन्दबहादुर मल्लले दावी गरे ।

,

0 comments

बिचार लेख्नुहोस्..