रकत सञ्चार केन्द्रमा कर्मचारी नहुँदा विरामीको ज्यान जोखिममा
सुमन मल्ल---
फागुन २० मुगु,
गएको शुक्रबार राती गमगढी बजारको डेरामा सुत्केरी भएकी श्रीकोट गाविस वडा नम्बर २ निवासी दृष्टि विहिन कल्स्या नेपालीकी २६ श्रीमती जौकला नेपालीको सुत्केरी पछि अत्याधिक रक्तश्राव भए पछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिए पनि रेडक्रसले स्थापना गरेको रक्त सञ्चार केन्द्रमा ल्याब अशिस्टेन्ट नहुँदा रक्तदान गर्ने मान्छे भेटिए पनि रगत दिन नसकेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।
साधारणतया कुनै पनि ब्यक्तिको शरिरमा हुनु पर्ने हेमोग्लोविनको मात्रा १३ एच वि हुनु पर्ने भए पनि रक्तश्रावका कारण जौकलाको शरिरमा हेमोग्लोविनको मात्रा ४. ४ एचवि रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त प्रमुख पशुराम नेपालीले जानकारी दिए । उनले भने , जौकलालाई एबि पोजेटीभ २ पिन्ट रगत आवश्यक परेको छ रगत दिने दुई जना तयार थियौ तर के गर्ने अस्पतालमा रहेका डाक्टर र अन्य स्वास्थ्यकर्मिले विरामीको शरिरमा रगत चढाउन मिल्दैन तालीम प्राप्त ल्याव अशिस्टेण्ट नै हुनु पर्छ । जिल्ला स्वास्थ्य कार्यालयका ल्याव असिस्टेण्ट विष्णु केसी तालीम लिन गएका र रक्त सञ्चार केन्द्र स्थापना गर्दा नेपाल रेडक्रस सोसाईटी मुगुले राखेका ल्याब असिस्टेण्ट असल मल्ल पनि जिल्लामा नरहेकाले समस्या परेको कार्यालयको भनाई छ ।
जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिए पनि कोही विरामीलाई रगत दिनु पर्दा उपकरणको अभावमा रगत सञ्चित गर्न नमिल्ने भएकाले तत्काल रगत दिने ब्यक्ति खोज्नु पर्ने पर्ने बाध्यता रहँदै आएको केन्द्रमा पछिल्लो समयमा भने कर्मचारीको नै अभाव भएको छ । सुरुमा स्वास्थ्य कार्यालयबाट पारिश्रमिक ब्यहोर्ने गरि ल्याब अशिस्टेण्ट मल्ललाई राखिएको भए पनि पछिल्लो समयमा मल्ल नआउनुको जानकारी आफुलाई थाहा नभएको निमित्त प्रमुख मल्लले बताए ।

0 comments
बिचार लेख्नुहोस्..