स्वास्थ्य अवस्था सुधारका लागि लगानी योजना निर्माण कार्य सुरु
मुगु न्युज डट कम,
फागुन २१ मुगु-----------
जिल्लाको समग्र स्वास्थ्य क्षेत्रको अवस्था सन्तोष जनक नरहेको, मुगुका सर्व साधारण सामान्य स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको जस्ता सवाल उठिरहेका वेला सदरमुकाम गमगढीमा बुधवार देखि स्वास्थ्य क्षेत्र सुधारका लागि जिल्ला लगानी योजना निर्माण कार्य सुरु भएको छ ।
जिल्लाका राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकाय, २४ वटै गाविसमा रहेका स्वास्थ्य संस्था तथा गाविस सचिव , नागरिक समाज महिला स्वास्थ्य स्वयम सेविकाको सहभागितामा सुरु भएको चार दिने लगानी योजना निर्माण तथा कार्यशालाको पहिलो दिन जिल्लाको समग्र स्वास्थ्य अवस्था बारे तयार पारिएको कार्य पत्र प्रस्तुत गरिएको छ ।
संयुक्त राष्ट्र संघीय बाल कोष ( युनिसेफ) र स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सुरु भएको कार्यशालामा प्रस्तुत गरिएको कार्य पत्रले सवै भन्दा सुरक्षित आमा सुरक्षा र मातृ शिशु स्याहार कार्यक्रम प्रभाव हिन रहेको देखिएको छ । कार्यक्रम सञ्चालन शत प्रतिशत सञ्चालन , जनशक्ति शत प्रतिशत देखिए पनि उपलब्धी निरासाजनक देखिएको छ । दक्ष जनशक्तिसंग पुगेर प्रसुति गराउने महिलाको संख्या ४६ प्रतिशत, दक्ष जनशक्तिबाट सफलता पुर्वक जटिल प्रसुति सेवा व्यवस्थापन भएको १९ प्रतिशत देखिए पनि यसको वार्षि निरन्तरता दर भने २ प्रतिशत रहेको कार्य पत्रमा उल्लेख गरिएको छ ।
जिल्लामा प्रसुति सेवा प्रवाहका लागि आवश्यक पर्ने दक्ष जनशक्ति ५५ प्रतिशत, तालीम प्राप्त जनशक्तिबाट गर्भ जाँच गराउने ५० प्रतिशत, चार पटक गर्भ जाँच गराउने ३० प्रतिशत रहेको कार्य पत्रमा उल्लेख छ । स्वस्थ खानेपानी, आमा र शिशुको व्याक्तिगत सरसफाई , शौचालयको प्रयोग, परिवार नियोजन , रुगा, खोकि निमोनिया, स्तनपान तथा पोषणको अवस्था समेत दयनिय देखिएको छ । जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौती रहेका र यसलाई समाधान गर्न एक्लै जिल्ला स्वास्थ्य कार्यालयले नसक्ने भएकाले सरोकारवाला सवैको साझा प्रतिबद्धता आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका जन स्वास्थ्य अधिकृत रोशनलाल चौधरीले बताए । सदरमुकाम तथा जिल्ला अस्पतालको अवस्था नै दयनिय रहेको अवस्थामा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा गरिएको लगानी बालुवामा पानी हाले जस्तो भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए । कार्यशालाका तिन दिनमा जिल्लाको समग्र स्वास्थ्य अवस्थाको तथ्याकं प्रस्तुति,अवरोध विश्लेषण , समस्या र चुनौतिको पहिचान पछि चौथो दिनमा जिल्ला स्तरिय लगानी योजना निर्माण गरि जिल्ला विकास समितिको एकिकृत योजना तर्जुमा गोष्ठीबाट जिल्ला परिषदबाट अनुमोदन गराईने छ ।

0 comments
बिचार लेख्नुहोस्..