जिविसको अहिलेसम्म कुल निकासामा ६ करोड मात्र खर्च

मुगु न्युज डट कम,
फागुन २१ मुगु-----------
जिल्ला विकास समिति मुगुमा चालु आर्थिक वर्षका लागि आएको अहिलेसम्मको कुल निकासा ३८ करोड रकम मध्य हालसम्म ६ करोड ३२ लाख  ९१ हजार मात्र खर्च हुन सकेको जिल्ला विकास समिति मुगुले जनाएको छ ।
 जिल्ला विकास समिति मुगुमा आएको विकास पुर्वाधार निर्माण तथा अन्य शिर्षकको  कुल ३८ करोड ३८ लाख ५७ हजार रकम मध्य ६ करोड ३२ लाख ९१ हजार खर्च भएको छ भने ३२ करोड ५ लाख ६५ हजार खर्च हुन बाँकि रहेको जिल्ला विकास समितिको योजना शाखाले जनाएको छ । जलवायु परिवर्तन, द्धन्द्ध प्रभावित क्षेत्र विकास कार्यक्रम, ग्रामीण पहुँच कार्यक्रम, कर्णाली  रोजगार कार्यक्रम, स्थानीय पुर्वाधार क्षेत्र विकास, ग्रामीण खानेपानी लगायतका पुर्वाधार र गाविस , जिविस अनुदान , स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ,विकेन्द्रीत पुर्वाधार तथा जिविकोपार्जन सुधार आयोजना लगायतको करोडौ रकम अहिलेसम्म खर्च हुन सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आएको बजेट संविधान सभा निर्वाचनका कारण  खर्च हुन नसकेको र त्यस पछि पनि सरकारी कर्मचारीहरु विभिन्न गोष्ठीमा भाग लिन जिल्ला बाहिर गएपछि फागुन भित्र खर्च हुनु पर्ने रकम खर्च हुन नसकेको जिविसको भनाई छ । अहिले ३८ करोड निकासा आएको भए पनि आधा रकम अझै आउन बाँकि रहेको र चालु आर्थिक वर्षको वैशाख भित्र सबै बजेट आउने जिविसको दावी छ । अहिले आएको बजेट मध्य सडक , पुल लगायतका पुर्वाधार विकासको रकम बढि रहेको बताईएको छ ।


,

0 comments

बिचार लेख्नुहोस्..