जिविस मुगुको एकिकृत योजना तर्जुमा बैठक सुरु, पुरानै कार्यक्रम आएको सहभागिको गुनासो

मुगु न्युज डट कम-
फागुन २३ मुगु-----------
आगामी फागुन २७ गते हुने जिल्ला विकास समितिको सातौ जिल्ला परिषद पुर्व एकिकृत योजना तर्जुमा गोष्ठी सुरु भएको छ ।
 आर्थिक वर्ष २०७१ ।७२ का लागि जिविसले तयार गरेका निती तथा योजनाहरु पुरानै खालका भएको गोष्ठीका सहभागिहरुले बताएका छन । गोष्ठीको पहिलो दिन जिल्ला विकास समितिका पाँच वटा विषयगत समितिले तयार बनाएका निती तथा योजनाको प्रस्तुती गरिएको छ । प्रस्तुती गरिएका निती तथा कार्यक्रमहरुमा सामान्य छलफल भए पनि विस्तृत छलफल भने शनिवार हुने जिल्ला विकास समिति मुगुले जनाएको छ ।
१२ बजे गोष्ठीको निर्धारित समय तोकिएको भए पनि नेकपा माओवादीलाई जिल्ला परिषदमा कसरी सहभागि गराउने भन्ने विषयमा खलहरु बिच विवाद सुरु भए पछि गोष्ठी अपरान्ह २ बजे मात्र सुरु भएको थियो । नेकपा माओवादीले संविधान सभा निर्वाचन बहिष्कार गरेकाले जिल्ला परिषदमा उसको सम्मानजनक सहभागिता हुने नहुँनेमा दलहरुबीच विवाद भएको थियो । स्थानीय विकास अधिकारीको कार्यकक्षमा दलहरुको बैठकले नेकपा माओवादीलाई छैठौ मान्यताक्रममा राख्ने सहमति निर्माण भए पछि बैठक सुरु भएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..