पुर्वि करानका बालबालिका खोपबाट बञ्चित

मुगु न्युज डट कम,
मुगु,२२ फागुन-------
  जिल्ला सदरमुकाम देखी २४ कोष टाढा पर्ने उत्तरी भेग करानका दुई गाविसमा रहेका स्थानिय वडाका वालवालिकाले गत कार्तिक महिनावाट नियमित खोप नपाउँदा स्वास्थ्य सेवा वाट वन्चित रहेका छन
   जिल्लाको हिमाली गाविस किम्री, पुलु गाविसमा रहेका उप स्वास्थ्य चौकीमा नियममित रुपले स्वास्थ्यकर्मीको उपस्थिती नहँुदा किम्री गाविसका २,३ र ४ वडाका वालवालिकाले नियमित खोप पाएका छैनन भने सोही क्षेत्रको अर्को गाविस पुलुका ७,८र ९ वडाका वालवालिकाले खोप नपाएको स्थानिय किम्री ४का  आङगेल लामाले वताए ।
     ईलाका स्वास्थ्य चौकि किम्रीमा १ महिनावाट कार्यरत स्वास्थ्यकर्मी नहँुदा कार्यलय सहयोगी द्धारा संचालन गरीएको छ भने गाविसमा रहेका अन्य वडामा पनी दुई महिना देखी खोप संचालन नगरेको स्थानियले वताएका छन । पुलु गाविसमा रहेको उपस्वास्थ्य चौकी एक महिनावाट वन्द रहेको छ । गाउँमा दिनहँु प्राथामिक उपचारका लागी आउने स्थानियवासी गाउँकै स्वास्थ्य चौकिहरुमा स्वास्थ्यकर्मी नभएका कारण सिटामोल सम्म नपाएर जिल्ला सदरमुकाम गमगढी आउने गरेका छन ।उता गर्भवती महिलाको नियमीत चेक जाँच गराउन नपाउदा र गाउँको स्वास्थ्य चौकिवाट हुने परार्मश सम्म नपाएर वन्चित रहेको गर्ववती महिलाको गुनासो रहेको छ ।
      वालवालिका स्थानिय वासीमा चिसो र तातो मौसम वदल्ली हुने  भएकै कारण निमोनीया फैलीदा वालवालिका प्रभावित रहेकाले औषधी नपाएर २ दिन हिडेर सदरमुकामकामका निजि मेडीकल र जिल्ला अस्पतालमा उपचार गरेको पुलु ३ की छुकीत लामाले वताईन ।
यि गाविसमा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीको लापरर्वाहीले स्थानिय स्वास्थ्य चौकीमा हाल नत औषधी रहेको छ ,नत स्वास्थ्य कर्मी रहेको स्थानिय वासीले वताए । साथै स्थानिय  गर्ववती महिलाले वर्थिङ सेन्टरहरुमा सुत्केरी हुन नपाए घरमा नै आमजी,र सोडेनी, महिला स्वास्थ्य स्वयसेविकाको सहयोगमा सुत्तकेरी गराउने गरेको स्थानीयवासीको गुनासो रहेको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..