चिट चोराउन खोज्ने अविभावक पक्राउ परे

मुगु,न्युज डटकम...........
मुगु १० चैत,प्रवेशिका परिक्षाको चौथो दिन अनिवार्य विज्ञान विषयको परिक्षा चलिरहेका बेला सदरमुकाम गमगढीमा रहेको एस.एल.सी केन्द्रमा आफना छोरा छोरीलाई चिट चोराउन खोज्ने र चिट चोराउन आएका सर्व साधारणलाई उत्तेजित पार्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुगु जिल्ला रुगा गाँउ विकास समिती वडा नम्बर ३ घर भएका दलर्सिह बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
सर्वसाधारणले चिट चोराउन प्रयास गरीरहदा उक्त कार्य नियन्त्रण्मा लिन खोज्दा चिट चोराउन आएकाहरुले सुरक्षाकर्मी माथी ढुङ्गामुडा गर्दा असई मोहन के.सी को टाउकोमा चोट लागेपछि प्रहरीले भिड लाई उस्काउने बोहरालाई नियन्त्रणमा लिएको र अनुसन्धान पछि दोसी ठहरिय के कस्तो कारवाही गर्ने भनेर तय हुने प्रहरी नायक उपरिक्षक पुस्कर केसीले बताएका छन।
यस अघि एस.एल.सी को पहिलो दिन चैत ६ गते पनि चिट चोराउन खोज्ने सर्वसाधारणलाई नियन्त्रण गर्न खोज्दा ढङ्गाुमुडा हुदा प्रहरी सहायक निरिक्षक कुमार केसी र परिक्षा दिई रहेका विधार्थी प्रेम सिङ्ग बुढा घाईते भएका थिए ।
सदरमुकाममा रहेको यो केन्द्रमा १ सय८९ नियमित र ७६ जना एकज्यामटेट विधार्थीले परिक्षा दिई रहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..