युवा स्वरोजगारको ३४ लाख भन्दा बढि रकम निती भन्दा बाहिर लगानी

मुगु, न्युज डटकम.............
नेपाल सरकार युवा तथा साना ब्यवसायी कोष सचिवालयले नेपालका बेरोजगार युवालाई रोजगार बनाउने लक्ष्यले सहकारी मार्फत रकम उपलब्ध गराउदै आएकोमा मुगुका सहकारीले ३४ लाख भन्दा बढी रकम यूवा स्वरोजगार कोषको निती भन्दा बाहिर लगानी गरेका छन ।
कोषद्धारा लगानी भएका सहकारीले कोष संग २०६९ सालमा पहिले सम्झौत अनुसार परिवर्तनशिल बचत तथा ऋण सहकारी संस्था लि.नार्थपुले रु २० लाख, डाफँे बचत तथा ऋण सहकारी सं.लि.गमगढीले रु ३० लाख, जगतमाला जडिबुटी सहकारी सं.लि कोटडाडाले रु २० लाख, मष्टा बहुउद्येश्य सहकारी सं .लि श्रीकोटले रु २० लाख , दहलेख जडिबुटी तथा प्रशोधन सहकारी धैनकोटले रु २० लाख , नवज्योति जडिबुटी सहकारी सं. लि. २० लाख , ऋणमोक्ष बहुउद्ये्श्य सहकारी सं.लि.श्रीगनरले रु २० लाख , अनन्त जडिबुटी  उत्पादन तथा संकलन प्रशोधन सहकारी सं. लि भिईले २० लाख , चंखेली बचत तथा ऋण सहकारी सं. लि श्रीनगरले ३० लाख , युवा जागरण जडिबुटी सहकारी सं.लि गम्थाले २० लाख र सृर्जनशिल जडिबुटी सहकारी सं. लिले २० लाख सम्मको रकम मध्य पहिले र दोस्रो किस्ताको चंखेली बचत तथा ऋण सहकारी सं लि.र डाँफे बचत तथा ऋण सहकारी सं.लिले १८। १८ लाख रुपैया र अन्य सहकारीले १२ लाख , अनन्त जडीबुटी प्रशोधन सहकारी सं.लिको पहिले किस्ता ६ लाख सम्मको रकम मुगुका  बेरोजगार  युवालाई रोजगार बनाउने उद्येश्यले संञ्चालनमा ल्याएपनि केही सहकारीले कोषको नियम निति भन्दा बाहिर रहि दुरपयोग गरेको पाईएको छ ।
     युवा तथा साना ब्यवसाय स्वरोजगार कोषका अनुगमन कर्ताले अनुगमनमा  जिल्लाका केहि सहकारी सस्थाहरुले सन्तोस जनक लगानी गरेको पाईए पनि सृर्जनशील जडिबुटी सहकारी संलि कोटडाडाले १२ लाख , ऋणमोक्ष बहुउद्येश्य सहकारी सं लिले १२ लाख ,अनन्त जडिबटिी उत्पादन संकलन सहकारी संलि भिईले ६ लाख र दहलेख जद्धीबुटी उत्पादन सहकारी सं.लिले ४ लाख नौ हजार रुपैया दुरुपयोग गरीएको अनुगमन अधिकृत मोहोन ज्ञावलीले बताएका छन ।
कोषको लगानी बेरोजगार युवा १८ बर्ष देखी ५० बर्ष उमेर समुह शिक्षित अशिक्षित कुनै पनि पेशा ब्यवसाय तथा आर्य आजन गर्ने काममा संलग्न नभएका बेरोजगार ब्यतिmहरु कार्याक्रममा सहभागी हुने निती भएपनि रोजगारी एक ब्याक्रि दुई ठाउबाट लगानी लिएको, लेखा सम्बन्धि कुनै कारोबार नराखेको, कार्यालय प्रयोजनको लागी लगानी लगाइएको,उमेर नागेका ब्यक्रिलाई लगानी गरेको हुदा चार ओटा सहकारीलाई दुरुपयोग गरीएको हुदा २०७० असोज २० गते बाट लागु हुने गरी ३५ दिनको भित्र कोषको नियम अनुसार लगानी रकम र रकमको २ प्रतिशत थप पेनाल ब्याज सहित दाखिला गने गरी कोष र सहकारीका अध्यक्ष बिच तमसुख गरीएपनि हाल सम्म कोषमा दाखीला नगरेको कोषको असुली शाखाले जनाएको छ ।
कोषको रकम हामीले दुरुपयोग गरेका होईनौ लगानी गरेका छौ । तर कोषले हामीलाई तालिम दिएन हिसाब वा लेखा राख्न तलमाथि भएको हो सृजन शील जडीबुटी सहकारी संस्थाका अध्यक्ष अजबहादुर शाहीको भनाई छ ।
कोषको परिपत्र सहित अनियमित नियम बिपरीत लगानी दुरपयोग गने सहकारीलाई कोषको निति भित्र लगानी गर्न र अनियमित गरीएको रकम तुरुन्त कोषको खातामा राख्न पत्रचार समेत गरिएको जिल्ला संयोजक तथा अनुगमन समिति संयोजक रहेका मुगु उद्योग वाणिज्य संघका अध्यक्ष नरविर रावतले बताए ।

0 comments

बिचार लेख्नुहोस्..