फरक सिदान्तका कारण आठ घरधुरी सार्वजनिक सेवाबाट बञ्चित
पुष्प शाही -----------
चैत्र ३० डोल्पा-----------
डोल्पा जिल्लाको सहर तारा गाविस वडा नम्बर ८ र ९ सहरतारा गाउँमा फरक राजनीतिक सिदान्त बोकेको भन्दै आठ वटा घरधुरीका स्थानीयवासीलाई गाउँलेहरुले सार्वजनिक स्थान तथा सार्वजनिक सम्पति उपभोगबाट बञ्चित गराएका छन ।
सदरमुकाम दुनैमा सुरक्षा माग गर्न आई पुगेका वडा नम्बर ९ का काजीमान रोकायाले भने , हामीलाई संविधान सभाको निर्वाचनमा वर्तमान सभासद धनबहादुर बुढालाई मत नहालेको , निर्वाचन प्रचारमा नगएको भन्दै ८२ घरधुरीले सार्वजनिक धारा , बाटो घाटो, स्वास्थ्य चौकि लगायतका क्षेत्रमा प्रतिबन्ध लगाउनुको साथै बोलचाल समेत बन्द भएको छ । आठ घरधुरीका बालबालिकालाई विद्यालयमा समेत रोक लगाएका छन , बोलचाल गरे २ लाख जरिवाना र शारिरीक यातना समेत दिने गरेको रोकायाले बताए ।
गाउँलेहरुले सार्वजनिक सम्पतिमा रोक लगाएका र गाउँ भेलाबाट बोलचाल गरे कारवाही गर्ने भनेपछि सुरक्षाको माग गर्दै धेरै पटक जिल्ला प्रशासन कार्यालय डोल्पामा निवेदन दिए पनि कुनै चासो नदिएको पिडीत कमल बुढाले बताए । गाउँका सबै स्थानीयवासीले आठ घर धुरीलाई सार्वजनिक सम्पति प्रयोगमा प्रतिबन्ध लगाएको भन्ने गुनासो आएको र अब दुवै पक्षलाई राखेर मेलमिलाप प्रयास गरिने र त्यो पनि नभए आवश्यक कार्वाही प्रक्रिया थालिने जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीनाले बताए ।
0 comments
बिचार लेख्नुहोस्..