दुईजनाको भरमा जिल्ला अस्पताल


मुगु न्युज डट कम------------
चैत्र ३० मुगु-------------
जिल्ला अस्पताल मुगुमा स्वास्थ्यकर्मी नहुँदा दुई जनाको भरमा चलेको छ । अस्पतालमा रहेका चार स्थायी दरबन्दिका नर्सिङ्ग स्टाफ मध्य दुई जना अध्ययनमा गएका तथा  एक जना माघ देखि काजमा रहेका कारण दुई जनालाई विरामी हेर्न भ्याई नभ्याई छ ।
नर्सिङ्ग तर्फ चार जना स्थायी र २ जनाको करार दरबन्दि रहे पनि अहिले स्थायी तर्फ दुई जना अध्ययनमा र एक जना काजमा गए पछि जिल्ला अस्पतालमा एक जना सिनियर अनमी र एक जना अनमीको भरमा जिल्ला असपताल चलेको छ । स्थायी दरबन्दिका स्टाफ नर्श सुमन कार्की र पुजा बढुवाल अध्ययनका लागि साउन देखि जिल्ला अस्पतालमा छैनन भने पुण्यप्रभा देवकोटा माघ देखि काजमा काठमाण्डौमा नै छन । अहिले जिल्ला अस्पताल मुगुमा चौविसै घण्टा सिनियर अनमी रामदेवी बुढा र अनमी लक्ष्मी कार्कीले खटिनु  परेको छ ।
अध्ययन विदामा गएका सुमन र पुजाको मध्य पश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालय र विभागले समेत अध्ययन विदाको पत्र अहिलेसम्म जिल्ला अस्पतालमा पठाएको छैन । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाई भईरहेको अस्पतालले जनाएको छ । अन्य दिन भन्दा बुधवार गर्भवती महिला गर्भ चेक जाँच गराउने गर्भवती महिलाको भिड लाग्ने भएकाले भ्याई नभ्याई हुने गरेको सिनियर अनमी राम देवी केसीले बताईन । उनले भनिन , अहिले दुई जनाले अस्पतालमा २४ सै घण्टा खटिनु परेको छ ।
यता जिल्ला स्वास्थ्य कार्यालय तर्फ पनि स्वास्थ्यकर्मीको उपस्थिती कमै छ । भएका स्वास्थ्यकर्मी पनि तालीम र गोष्ठीमा गएका छन । अहिले एक जना डाक्टर, एक जना हेल्थ असिस्टेण्ट र अहेव एक जना मात्र छन । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी कम भए पनि सेवा प्रवाहमा नरोकिएको तर कामको भार भने बढेको डाक्टर भक्तदेव श्रेष्ठले जानकारी दिए ।

, ,

0 comments

बिचार लेख्नुहोस्..