चार महिनामा चार करोडको खाद्य वस्तु आयात , तीस लाखको मात्र कुखुराको मासु आयात
मुगु न्युज डट कम----------
चैत्र २७ मुगु----------------
जिल्लामा मंसिर यता चार महिना भित्र चामल तरकारी तथा फलफुल लगायत खाद्य वस्तु चार करोडको आयात भएको रहेछ भने दुई सय घरधुरीमा बस्ने सदरमुकाम गमगढी बजारवासीले चार महिनामा हवाई जहाँजबाट बोकेर ल्याएको तिस लाख बराबरको बोईलर कुखुराको मासु र गाडीबाट ल्याईएको साढे तीस लाखको लशुन मात्र खाएका रहेछन ।
सदरमुकाम गमगढीमा गाडी चल्न थाले पछि सुर्खेत नेपालगञ्ज देखि मुगुसम्म साना मालबाहक गाडीबाट दैनिक उपभोग्य वस्तु , निर्माण सामाग्री लगायतका सबै सामान पुग्न थालेपछि पछिल्लो तथ्याकंले यस्तो देखाएको हो । सदरमुकाम गमगढीमा रहेको ऋणी मोक्क्ष फलफुल तथा तरकारी हाट बजार समितिले दिएको तथ्याकं अनुसार मंसिर देखि चैत्रसम्म हवाई मार्गबाट बोईलरको मासु ३० लाख ८ हजार, स्थल मार्गबाट लशुन ३० लाख ७२ हजार ,केरा ११ लाख २८ हजार, सुन्तला ११ लाख २० हजार रुपैयाँको आयात भएको छ । अदुवा,प्याज ,काउली, केरा ,सुन्तला, तिते करेला , अंगुर लगायतका फलफु र तरकारी यो चार महिनामा १ करोड ३८ लाख ३८ हजारको आयात भई खपत समेत भई सकेको छ । यो विवरण अहिलेसम्म जिल्लामा पुगेर पनि विक्रि भईसकेको समितिका अध्यक्ष देवीसिंह सावतले जानकारी दिए ।
तरकारी र फलफुल सुर्खेतबाट मुगु पुग्न हप्ता दिनसम्म लाग्छ भने सदरमुकाम गमगढी पुगेपछि तिन चार दिनसम्म रहन्छ त्यहि पनि गमगढीवासी ताजा तरकारी र फलफुल भन्दै खाईरहेका छन । त्यस्तै हवाई जहाँजबाट हप्तामा चार क्वीन्टल बढि बोईलर कुखुराको मासु गमगढी आउछ , आएको तिन दिनमा नै सकिन्छ , सबैलाई पु¥याउनै सकिदैन अध्यक्ष सावतले भने । समग्रमा मुगु र गमगढी वासीले आयातित अस्वस्थकर खाद्य वस्तु उपभोग गरिरहे पनि उपभोक्ता अधिकार वादी र सरोकारवाला निकाय बेखबर जस्तै बनेका छन । कतिपय अवस्थामा त कुखुराको मासु गमगढी बजारमा हप्ता दिनसम्मको पनि उपलब्ध हुने गरेको सर्व साधारणको भनाई रहेको छ ।
मंसिर यता सबै भन्दा बढि प्याज १ सय ६० क्वीण्टल, लशुन १ सय २८ क्वीन्टल र केरा ९४ क्वीण्टल आयात भएको छ भने कुखुराको मासु ६४ क्वीण्टल आएको देखिन्छ । हवाई मार्गबाट मुगु पुग्दासम्म प्रति केजीको ४ सय ७० मुल्य पर्ने र बजारमा बेच्दा प्रति केजी पाँच सय पचास रुपैयाँको दरले बेच्ने गरेको सावतले बताए । जवकि खसिको मासुको मुल्य दर बजार बोईलर कुखुराको भन्दा पचास रुपैयाँले सस्तो छ ।
मुगु उद्योग बाणिज्य संघको तथ्याकं हेर्दा अहिले सदरमुकाम गमगढी बजारमा खाद्यन्न अर्थात नेपाल गञ्ज सुर्खेतबाट आएको चामल २५ सय क्वीन्टल बढी मौज्दात रहेको छ । यो चामल चार महिनामा विक्रि भएर बचेको हो । प्रति क्वीण्टल खाद्यन्नको पाँच हजारको दर लगाउदा पनि २ हजार ६ सय ८३ क्वीण्टलको २ करोड ७२ लाख ४३ हजार हुन आउछ । तर गमगढी बजारमा रहेको चामलका बोरामा लेवल राखिएको छैन । नियम अनुसार उत्पादन मिति र खुद तौल उल्लेख हुनु पर्ने हुन्छ तर सवै चामलका प्याक उस्तै छन ।
समग्रमा जिल्लाले गएको मंसिर देखि चैत्रसम्म खाद्यन्न, तरकारी र फलफुल आयात गर्न ४ करोड १० लाख ७१ हजार खर्चे पनि गमगढीवासीले गुणस्तर युक्त खाना खान पाउन सकिरहेका छैनन ।

0 comments
बिचार लेख्नुहोस्..