सामाजिक सुरक्षा रकम नपाएको स्थानीयवासीको गुनासो


मुगु न्युज डट कम
चैत्र २८ मुगु
जिल्लाको पश्चिम खत्याड भेकको ह्याँग्लु गाविसका स्थानीयवासीहरुले नेपाल सरकारले प्रदान गर्दै आईरहेको सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत पाउनु पर्ने रकम असोज यता नपाएको गुनासो गरेका छन ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गाउँ पुगेका गाविस सचिवले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत , बालबालिका ,अपागं, एकल महिला, ६० वर्ष उमेर कटेका वृद्ध  वृद्धालाई रकम वितरण गरे पनि असोज यता कसैले पनि यो रकम पाउन नसकेको वडा नम्बर १ विना गाउँका विर्ख बहादुर शाहीले जानकारी दिए । असोजमा  गाविसमा पुगेका गाविस सचिव विष्णु न्यौपाने त्यो वेला देखि सदरमुकाम गएपछि फेरी नफर्किएको स्थानीयवासीले बताएका छन ।
 अन्य गाविसका बालबालिका , एकल महिला, अपागं , वृद्ध वृद्धाले नयाँ वर्षको मुखमा सामाजिक सुरक्षा भत्ता पाए तर हाम्रो गाविसमा सामाजिक सुरक्षा रकम पाउनु त के गाविस सचिवको अनुहार देखन पाईएको छैन शाहीले भने ।
 ह्याँग्लु गाविसका सचिव न्यौपाने सरुवा भई सकेका र त्यस ठाउँ अर्को सचिवलाई पठाई सकेको जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौतमले बताए । न्यौपाने सरुवा भए पनि अर्को सचिवलाई खटाई सकेका छौ सामाजिक सुरक्षा रकम पाउनु पर्ने हो , म मन्त्रालयमा अहिले काजमा छु , के भएको रहेछ म बुझ्छु गौतमले भने । अहिले ह्याँग्लु गाविसमा सरुवा भई गएका गाविस सचिव धनराज कार्कीले गाविसको अरु जिम्मेवारी पाए पनि आर्थिक अधिकार नपाएकाले सामाजिक सुरक्षा कार्यक्रमको रकम वितरण गर्न नसकिएको बताए । कार्कीले भने, म भर्खर मात्र आए , गाविसमा गएर काम काज गर्नु भन्ने पत्र छ तर आर्थिक अधिकार छैन ।

,

0 comments

बिचार लेख्नुहोस्..