बाल पत्रकारिताको क्रेज बढ्दो
मुगु न्युज डट कम-----------
चैत्र २८ मुगु-------------
जिल्लामा पछिल्लो समयमा बाल पत्रकारिताको क्रेज बढेको छ । जिल्लाका क्रियाशील गैर सरकारी संस्थाले वर्षमा बालपत्रकारिता सम्बन्धि दर्जनौ क्रिया क्लाप र तालीमको आयोजना गर्दै आईरहेका छन । गाउँमा गठित बालक्लबहरुका पदाधिकारीहरुलाई सदरमुकाममा बोलाएर बाल पत्रकारिता, भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालीम दिने गरेका छन ।
महिला तथा बालबालिका कार्यालय, गाउँ बाल संरक्षण समिति र विभिन्न गैर सरकारी संस्थाले बालबालिकाको क्षमता विकास, अधिकारको संरक्षण गर्ने उदेश्यले दर्जनौ तालीम प्रदान गर्दै आईरहेका छन । विशेष गरेर सडक नाटक , भित्ते लेखन र भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालीम प्रदान गर्दा बालबालिकाको क्षमता विकास हुने भए पनि त्यसको व्यवहारमा प्रयोग भने भएको पाईदैन । त्यसरी तालीम प्रदान गर्दा सहभागि हुने बालबालिका किशोरावस्थामा प्रवेश गर्दा वित्तीकै कि त उच्च शिक्षा हाँसिल गर्न जाने कित विवाह बन्धनमा बाँधिने हुँदा सिकेको तालीमले निरन्तरता पाउन नसकेको विभिन्न गाविसमा रहेका गाउँ बाल संरक्षण समितिको अनुभव छ ।
पहिले गठन गरिएका बाल क्लब लामो समयसम्म नरहँदा पटक पटक क्लब पुर्नगठन गर्नु पर्ने र तालीमको पनि पुन आयोजना गर्नु पर्ने अवस्था आएको महिला समितीको बुझाई छ । विगत पाँच छ बर्ष अघि देखि माध्यामिक तहमा अध्ययन गर्ने बालबालिकाहरुका लागि बाल क्लब मार्फत तालीम दिईएका भए पनि सदरमुकाम गमगढीमा रहेको महाकाली उच्च माध्यामिक विद्यालयमा बाहेक अरु विद्यालयमा बाल भित्ते पत्रिका प्रकाशन हुन सकेको अवस्था छैन ।
पछिल्लो समयमा असल छिमेकी नेपाल मुगुले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेका विद्यालयका बालबालिकालाई बाल पत्रकारिता सम्बनिध तालीम दिन सुरु गरेको छ । आफुले प्रदान गरिएको तालीम प्रभावकारी बन्ने र तालीम लिएका बालबालिकाले आफ्ना सिर्जनात्मक कुरा, विद्यालयमा हुने सबै गतिविधिलाई भित्ते पत्रिका मार्फत व्यक्त गर्ने असल छिमेकी नेपालले जनाएको छ । कार्यक्रम लागु भएका विद्यालयहरुमा हाम्रा एक एक जना शिक्षक छन । ति शिक्षकले नै त्यसको अगुवाई गर्ने छन – असल छिमेकी नेपालका शिक्षा अधिकृत अरुण चौधरीले भने । अहिले हाम्रो परियोजना लागु भएका विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि विहान वेलुकी समेत हाम्रा शिक्षकले अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन । शिक्षालाई मात्र जोड नदिएर उनिहरुको भावानात्मक र सिुर्जनात्मक क्षमता विकासका लागि पनि अतिरिक्त क्रिया क्लाप सञ्चालन भईरहेका छन । त्यसको उक अंश बाल पत्रकारिता तालीम पनि हो चौधरी भने । उनले भने – हामीले शुक्रवारसम्म विभिन्न १५ वटा विद्यालयका बाल क्लबका बालबालिकालाई बाल पत्रकारिता र भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालीम आयोजना गरेर सहभागि बालबालिकाले प्रत्येक महिना भित्ते पत्रिका प्रकाशन गर्ने गरि कार्य योजना समेत निर्माण गरेका छन ।
पछिल्लो समयमा जिल्लामा विकास हुँदै गएको सञ्चार क्षेत्रको विकासले पनि समुदायमा पत्रकार बन्ने रहर सबैमा जोगाएको छ तर गुण स्तरियता भने छैन । अहिले जिल्ला दुई वटा सामुदायिक रेडियो सञ्चालनमा छन भने दर्ता भएका चारवटा पत्रिका कहिले बन्द हुने र कहिले प्रकाशन हुने गर्दछन । गएको एक वर्ष यता मुगुबाट अनलाईन पत्रिका समेत प्रकाशन हुँदै आएको छ ।

0 comments
बिचार लेख्नुहोस्..