राजनीतक सभा गठन पछि मात्र संविधान – बादल
मुगु न्युज डट कम
चैत्र २९ मुगु
नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले बर्तमान संविधान सभा भन्दा राजनीतिक सभा गठन गर्नु पर्ने आवश्यकता रहेको बताएका छन ।
शनिवार मुगु सदरमुकाम गमगढीमा नेकपा माओवादीको प्रथम जिल्ला सम्मेलको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव थापाले अहिलेको संविधान सभा यथास्थिती वादीहरुको मात्र संविधान सभा भएको र यसले जारी गर्ने संविधान आफुहरुलाई मान्य नहुने तथा सर्व पक्षिय राजनितीक सभा पछि बन्ने संयुक्त सरकार गठन पछि मात्र संविधान बन्नु पर्ने जोड दिए ।
उनले एकिकृत माओवादीलाई गद्दारको संज्ञा दिदै भने – प्रचण्डले वर्तमान संविधान सभा बहिष्कार गरेर पार्टी एकता गर्ने कुरा गर्छन भने त्यो संम्भव हन सक्छ अन्यथा जनता र देशलाई धोका दिने गद्दारहरुसंग पाटी एकता सम्भव छैन । देशलाई नयाँ संविधान दिन र नयाँ समृद्ध नेपाल निर्माण गर्ने बाटो तर्फ पाटीले आन्दोलन थाली सकेकाले क्रान्तिकारी कम्युनिष्टहरु र सच्चा राष्टवादीहरुसंगको एकता गर्ने प्रक्रिया सकरात्मक रुपमा अघि बढेको तथा पाटीको आगामी अधिवेशन यसैमा लक्ष्यीत हुने पनि थापाले बताए ।
उनले भारत र अमेरिकालाई लक्ष्यीत गर्दै भने , यो देशमा चलिरहेका गतिविधी हामीलाई स्वीकार्य छैनन, वर्तमान सरकारले गराउने भनिएको स्थानीय निकायको निर्वाचन समेत हुन सक्दैन हामी यो वेला नत मर्न स्वीकार्छौ नत नत मर्न नै सक्छौ देश अरुले नै चलाएका छन । पचास मिनेट सम्म बोलेका थापाले अधिकाँश समय एमाओवादीकै आलोचना गर्नमा खर्चेका थिए । दशक लामो युद्धपछि नेपाली जनताले तत्कालि नेकपा माओवादीबाट धेरै आशा गरका र प्रचण्डले विदेशीको ईसारामा जनता र देशलाई धोका दिएको भन्दै उनले भने – नेपाली जनताको आन्दोलनले गद्दार जन्माउन पुग्यो , त्यसैले गद्दारीलाई स्वीकार नगर्ने हामी सच्चा माओवादी जन्मीएका छौ ।
0 comments
बिचार लेख्नुहोस्..