शिक्षक दिवशका अवसरमा विरामीलाई फलफुल वितरण




मुगु न्युज डट कम ------
चैत्र २९ मुगु--------
३५ औ शिक्षा दिवशका अवसरमा जिल्ला अस्पताल मुगुमा रहेका विरामीलाई शनिवार फलफुल वितरण गरिएको छ ।
मर्यादा अभिवृद्धि पेशागत दक्षता, टे«ड युनियन अधिकारको संवैधानिक सुनिश्चितता भन्ने मुल नाराका साथ ३५ शिक्षक दिवश मनाउने क्रममा नेपाल राष्टिय शिक्षक संगठन मुगुले जिल्ला अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । दिवशका क्रममा संगठनले जिल्लाको शैक्षिक गुणस्तर सुधारका साथै शिक्षकका पेशागत अधिकार सुनिश्चित हुनु पर्ने बताएको छ । विद्यालयमा नियमित उपस्थित भई पठनपाठनमा सहभागि भई पेशा प्रति कर्तव्य निष्ठ हुने शिक्षक र विद्यालय नगएरै तलब सुविधा लिने शिक्षक बीच मुल्याकंन हुन नसकेको संगठनका कार्यबाहक अध्यक्ष विष्णुमाया भामको भनाई छ ।
 सरकारी विद्यालयमा शिक्षकले राम्रोसंग नपढाएको , आफ्ना छोरा छोरीलाई सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन भन्दै निजी विद्यालयमा पढाउने सरकारी विद्यालयका शिक्षकहरुलाई आफ्नै योग्यतामा विश्वास नभएको भन्ने आरोप दिन प्रतिदिन लाग्ने गरेको प्रति स्वयम शिक्षक सचेत हुनु पर्ने भामको तर्क थियो ।
 काम गर्ने शिक्षक र काम चोर शिक्षक सवैलाई हेर्ने दृष्टिकोण एउटै हुँदै आएकाले शिक्षकका पेशागत संगठनले आफ्नै संगठनबाट यस्ता कुराको सुधार गर्दै जानु पर्ने संगठनले जनाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..