नयाँ वर्षको अवसरमा साँसकृतिक कार्यक्रमको आयोजना



मुगु न्युज डट कम-------------
बैशाख १ मुगु---------------
नयाँ वर्ष २०७१ सालको अवसरमा सदरमुकाम गमगढीमा शुभ कामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
गमगढी साँस्कृतिक मञ्च मुगुले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा स्थानीय कला सस्कृती भन्दा आधुनिक गीत संगीतलाई प्राथामिकता दिए पछि सहभागिहरुले स्थानीय भाषा ,संस्कृती हराउने खतरा बढेको तर्क गरेका थिए । एक दुई स्थानीय देउडा बाहेक सवै आधुनिक , पप तथा फिल्मी गीतका नृत्यहरु प्रस्तुत गरिएको थियो ।
स्थानीयवासीले नयाँ वर्षलाई तागा पर्वका रुपमा मनाएका छन । विवाहित महिलाले श्रीमानको दिर्घायुको कामना गर्दै विशेष विधि पुर्वक धागोले बनाएको डोरी चोलीको तनामा बाँध्ने परम्परा छ । नयाँ वर्षको दिन लगाएको तागो कार्तिक ६ गते विधि पुर्वक सेलाउने परम्परा रहेको छ । यो विवाहित र श्रीमान भएका महिलाले लगाउछन भने एकल महिलाले लगाउदैन । जसले जनै लगाउछन उनिहरुले मात्र तागा पर्व मान्ने गर्छन । यिनीहरुलाई तागाधारी समेत भन्ने गरिन्छ ।


,

0 comments

बिचार लेख्नुहोस्..