पाठ्य पुस्तक पुगे पनि वितरणमा ढिलाई


मुगु न्युज डट कम------------
बैशाख ४ मुगु--------
साझा प्रकाशनले सरकारी विद्यालयका लागि पाठ्य पुस्तक जिल्लामा पठाए पनि साझा प्रकाशनका प्रतिनीधि आई नपुग्दा वितरणमा ढिलाई भएको छ ।
जिल्लाका १ सय ३६ वटा सरकारी विद्यालयमा १७ हजार विद्यार्थीका लागि १३ हजार सेट मात्र पुस्तक जिल्लामा आएका छन । करिब पाँच लाख बराबरको पाठ्य पुस्तक अघिल्लो वर्षकै मौज्दात रहेकाले यो पटक १३ हजार सेट मात्र साझाले जिल्लामा पठाएको पुस्तक विक्रेता जयलक्ष्मी स्टेशनरी मुगुका सञ्चालक लक्ष्मी भामले जानकारी दिए ।
पुस्तक आई पुगे पनि साझा प्रकाशनका प्रतिनीधी आई नपुग्दा वितरण गर्न नसकिएको भामले बताए । जिल्ला शिक्षा कार्यालय मुगुले यस वर्ष पाठ्य पुस्तकका लागि सवै विद्यालयलाई दामासाहीका दरले ३६ लाख ५१ हजार रकम विद्यालयको खातामा पठाई सकेको जनाएको छ । प्राथामिक तहमा ७ हजार २ सय ९२, निम्न माध्यामिक तहमा २ हजार ५ सय र माध्यामिक तहमा १ हजार ७ सय विद्यार्थीका लागि चाहिने पाठ्य पुस्तकको रकम विद्यालयको खातामा हालिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सुर्यबहादुर खत्रिले जानकारी दिए । अघिल्ला वर्षहरुमा कुन विद्यालयले कति सेट पाठ्य पुस्तक लिए भन्ने सुचि नराख्दा केहि अन्यौलता रहेकाले यो वर्ष सबैको सुचि तयार पारिने कार्यालयले जनाएको छ ।



,

0 comments

बिचार लेख्नुहोस्..