विमान स्थल कालो पत्रे दैनिक ज्याला दर दुई सय रुपैंया
सुमन मल्ल----------------
बैशाख ३ मुगु-------------
मुगुको ताल्च विमान स्थल कालो पत्रेका लागि सुरु भएको पहिलो चरणका काम अन्र्तगत धावन मार्गमा हाल्ने गिट्टी कुट्ने कामदारले दैनिक दुई सयसम्म ज्याला पाउने गरेका छन ।
जिल्लामा ज्यालाको दैनिक दर रेट ४ सय ४० रुपैयाँ रहे पनि ताल्च विमान स्थलमा घन मिटरको आधारमा गिट्टी कुटेको रकम दिने भने पछि दैनिक ज्याला दर दुई सय रुपैयाँ पर्न गएको हो । मलैं तीन दिन लगाएर गिट्टी कुटे ठेकेदारले एक घन मिटर भएको र छ सय रुपैयाँ पाउने भने पछि अनावश्यक दुख मात्र भयो । अन्यत्र काम गर्न गएको भए कम्तिमा तिन दिनको पन्ध्र सय कमाउन सकिन्थ्यो, कार्कीबाडा गाविस वडा नम्बर ५ कि हरिनी सुनारले बताईन । अहिले राम्रो दक्ष मिस्त्रीले एक दिनको ज्याला सात सय र अन्यले पाँच छ सय ज्याला पाउछन तर ताल्च विमान स्थलमा गिट्टी कुट्ने मजदुरलाई दैनिक ज्याला दर दुई सय मात्र पर्न गएको छ , कामदार मर्कामा परेका छन सोही वडाका युवा कविन्द्र सुनारले बताए ।
आफुसंग गिट्टी कुट्ने मेशीन भए पनि सवैले काम पाउन भनेर काम दिएको छु , अन्यत्र एक घन मिटर गिट्टीको तीन सय छ, यता मैले ६ सय प्रति घन मिटर दिएको छु त्यो भन्दा घाटा खाएर कसले दिन्छ , धावन मार्ग कालो पत्रे गर्ने कामको जिम्मा लिएको मृत सञ्जीवनी निर्माण कम्पनिका प्रतिनीधी राजु बर्तौलाले भने । उनले भने, हामीलाई २५ डाउन तल आकार भएको गिट्टी चाहिने हो तर यहाँ ५० डाउनसम्मको गिट्टी कुटेका छन कसरी बढि रकम दिने ? बर्तौलाका अनुसार एक घन मिटरमा तिस केजी चामल अट्ने ३० वटा जुटका बोरा भरि गिट्टी लाग्ने बताए ।
यसरी विमान स्थलमा गिट्टी कुट्ने मजदुरले एक दिनमा चार देखि १० बोरा गिट्टी मुश्किलले कुट्छन । एक घन मिटरमा चाहिने गिटी कुट्न तिन दिनको समय लाग्ने देखिन्छ । उनिहरुले दैनिक दश बोरा गिटी कुट्दा प्रति दिनको कमाई दुई सय हुन आउछ जुन सरकारी दर रेटको साठी प्रतिशत कम हो । विमान स्थलको ५ सय ७० मिटर लम्बाई र २० मिटर चौंडाईमा पहिले ढुंगा ग्राभेल तथा त्यस पछि गिट्टी हाल्ने काम तोकिएको साढे दुई महिनामा सम्पन्न गरिने छ भने त्यति वेलासम्म करिब पाम्च करोड खर्च हुने निर्माण कम्पनिको भनाई छ ।
0 comments
बिचार लेख्नुहोस्..