ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको आशंका

मुगु न्युज डट कम-----------
चैत्र २६ मुगु------------
विहिबार सदरमुकाम गमगढीबाट जुम्लाको गोठी जिउला तर्फ जाँदै गरेको ट्रयाक्टर बोता मालिका गाविसको जिअ भिरमा दुर्घटना भएको छ ।
गमगढीबाट गोठी जिउला तर्फ गएको ट्रयाक्टर विहिवार साँझ भिरबाट पाँच सय मिटर तल खोलामा खसेको बताईएको छ । साँझपख टयाक्टर दुर्घटना भए पनि राती भएकाले कसैले नदेखेको र बुधवार विहान जिअ गाउँका स्थानीय महिलाले कामको शिलशिलामा बन तिर जाने क्रममा सडक भन्दा तल एक जनाको शव र खोलामा ट्रयाक्टर देखे पछि प्रहरी चौकि चौथा र गाउँलेलाई जानकारी दिए पछि दुर्घटना भएको पत्ता लागेको स्थानीयवासीले बताएका छन ।
स्थानीयवासीले दुर्घटनामा चालकको मृत्यु भएको बताए पनि मृतकको र दुर्घटनाग्रस्त भएको ट्रयाक्टरको विवरण आउन सकेको छैन । दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि यथार्त विवरण आउन नसकेको ईलाका प्रहरी चौकि हाट सिंजाले जनाएको छ । अहिले घटना स्थलमा प्हरी चौकि चौंथाबाट खटिएको प्रहरी र जिअ गाउँका स्थानीयवासी पुगि सकेको बताईएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..