ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु


मुगु न्युज डट कम-----
चैत्र २६ मुगु---------
विहिबार सदरमुकाम गमगढीबाट जुम्लाको गोठी जिउला तर्फ जाँदै गरेको ट्रयाक्टर बोता मालिका गाविसको जिअ भिरमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि बर्दिया घर भएका २६ वर्षका असल चौधरीको मृत्यु भएको ट्रयाक्टरका मालिक लोगराज दाहालले जानकारी दिएका छन ।
गमगढीबाट गोठी जिउला तर्फ जाँदै गरेको भे १ त ३७२८ नम्बरको ट्रयाक्टर विहिवार साँझ भिरबाट पाँच सय मिटर तल खोलामा खसेको हो । साँझपख टयाक्टर दुर्घटना भए पनि राती भएकाले कसैले नदेखेको र बुधवार विहान जिअ गाउँका स्थानीय महिलाले कामको शिलशिलामा बन तिर जाने क्रममा सडक भन्दा तल एक जनाको शव र खोलामा ट्रयाक्टर देखे पछि प्रहरी चौकि चौथा र गाउँलेलाई जानकारी दिए पछि दुर्घटना भएको पत्ता लागेको स्थानीयवासीले बताए  ।
 दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि यथार्त विवरण आउन नसकेको ईलाका प्रहरी चौकि हाट सिंजाले जनाएको छ ।  नाग्म गमगढी सडक खण्ड सञ्चालन भए यता गमगढी गोठी जिउला सडक खण्डमा हालसम्म पाँच वटा सडक दुर्घटना भएका छन भने दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । नेपाली सेनाले गमगढी नाग्म सडक खण्डको ९४ किलो मिटर ट्रयाक खन्ने काम सम्पन्न गरेपछि २०६९ साल पौष १ गते तत्कालीन प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले एक औपचारिक कार्यक्रमका बिच सडक उद्घाट गरेका थिए भने २०७० जेठमा नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । जेठमा नै सडक हस्तान्तरण गरिए पनि विभागले सडक स्तरोन्नती नगर्दा दुर्घटनामा वृद्धी भएको मुगु उद्योग बाणिज्य  संघले जनाएको छ । भर्खरै मात्र चार नम्बर सडक डिभिजन कार्यालय सुर्खेतले नाग्म गमगढी सडक खण्डको दुई करोड साठी लाखमा स्तरोन्नती सुरु गरेको जनाएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..