नयाँ वर्ष देखि मुगुमा हवाई सेवा बन्द हुने
सुमन मल्ल------------
चैत्र २६ मुगु-----------
यातायातको एक मात्र विकल्पका रुपमा रहेको ताल्च विमान स्थलको स्तरउन्नतीका लागि बैशाखबाट विमान स्थल चल्दै आएको हवाई सेवा बन्द हुने भएको छ ।
विमान स्थल सुधार आयोजना अन्र्तगत विमान स्थलको धावन मार्ग कालो पत्रे गर्नका लागि पहिलो चरण अन्र्तगत धावन मार्गमा ढुंगा भर्ने कार्य सुरु हुन लागेकाले बैशाख १ गते देखि २०७१ असार १५ गतेसम्म विमान स्थलमा हवाई सेवा बन्द गरिने नेपाल नागरिक उड्ययन कार्यालय ताल्च विमान स्थलका प्रमुख भिमदत्त पन्तले जानकारी दिए ।
हवाई सेवा बन्द हुने भए पछि मुगु देखि , सुर्खेत ,नेपालगञ्ज तथा काठमाण्डौ जाने र मुगु आउने हवाई यात्रुहरुले दुई दिनको पैदल जुम्लाको यात्रा गर्नु पर्ने छ । सदरमुकाम गमगढीमा सडक पुगे पनि सडकको स्तर उन्नती नगरिएकाले अहिले सुर्खेत देखि हप्ता दिन लगाएर मालबाहक गाडीहरु मात्र गमगढी पुग्ने गरेका छन । हवाई यात्रा गर्न बाजुराको कोल्टी विमान स्थल अर्को विकल्प रहे पनि कोल्टीमा पनि कालो पत्रे गर्ने काम सुरु भएकाले त्यता पनि अहिले हवाई सेवा बन्द रहेको छ ।
कालो पत्रेको काम आगामी २०७२ सालको असारमा मात्र समपन्न हुने ताल्च विमान स्थल सुधार आयोजनाको कार्यालयले जनाएको छ । विमान स्थलको धावन मार्ग सम्याउने र घेरवारको जिम्मा लिएको मृत सञ्जीवनी निर्माण कम्पनिले काम ढिलाई गर्दा कालो पत्रेको काम पनि छिटो हुन नसकेको तथा अब पुरानो काम सम्पन्न भईसकेकाले कालो पत्रे गर्ने कार्य छिटो हुने आयोजनाको भनाई छ । विमान स्थल स्तर उन्नती तथा कालो पत्रेका लागि विनियोजन गरिएको १२ करोड रकम मध्य अहिलेसम्म डेढ करोड मात्र खचै हुन सकेको आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए । आउने हिउँदमा कालो पत्रे सकिनु पर्ने भए पनि कालो पत्रे गर्न आवश्यक पर्ने सामान जम्मा गर्नु पर्ने र चिसोमा कालो पत्रे गर्न नसकिने हुँदा अर्को वर्षको असारमा मात्र कालो पत्रेको काम सकिने थापाको भनाई छ । धावन मार्ग कालो पत्रे गर्न दिईएको पन्ध्र महिनाको समय सिमा माघ १५ गते सकिए पछि पुनं समय थप गरिएको छ भने कामको जिम्मेवारी पाएको नेपाल आर्दश मित्र संञ्जीवनी निर्माण कम्पनिले आफु नयाँ भएकाले काम गर्न केहि गाह्रो हुने भन्दै विमान स्थलको सुधार कार्यको जिम्मा लिएको पहिलेकै निर्माण कम्पनि मृत सञ्जीवनीलाई नै कालो पत्रेको जिम्मा दिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..