नव निर्वाचित केन्द्रीय सदस्यको उद्योग बाणिज्य संघद्धारा स्वागत
मुगु न्युज डट कम--------
बैशाख १० मुगु---------
भर्खरै नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका मुगु उद्योग बाणिज्य संघका अध्यक्ष नरविर रावतलाई मुगु उद्योग बाणिज्य संघले स्वागत गरेको छ ।
बुधवार सदरमुकाम गमगढीमा आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रमको आयोजना गरि रावतको कार्यकालको सफलताको शभकामना प्रदान गरिएको हो । केन्द्रीय सदस्य रावतले आफुले सकेजति जिल्लाको आर्थिक अवस्था सुधार तथा पेशागत अधिकारका लागि काम गर्ने बताए । सबै भन्दा प्राथामिकता नाग्म गमगढी सडकको स्तर उन्नतीका लागि पहल गर्ने पनि उनको भनाई थियो ।
शुभकामना दिने सहभागिहरुले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योगी , व्यवसायी छाता संगठन महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्लाको आर्थिक क्षेत्र सुधारका लागि पहल गर्नु पर्ने सुझाव दिएका थिए ।
0 comments
बिचार लेख्नुहोस्..