भाईरल प्रकोपका कारण गाउँ नै प्रभावित
मुगु न्युज डट कम-----------
बैशाख १० मुगु----------
जिल्लाको पुर्वि करान क्षेत्रको डोल्फु गाविसमा एक हप्ता यता फैलिएको भाईरल ईन्फ्युल्जाका कारण पुरै गाउँ नै प्रभावित बनेको छ ।
गाविसको वडा नम्बर १,२,३ र ४ डोल्फु गाउँमा फैलिएको भाईरलका कारण बालबालिका , वृद्ध वृद्धा प्रभावित बनेको स्थानीयवासीले जनाएका छन । ज्वरो आउने , टाउको दुख्ने तथा रिगंटा लाग्ने जस्ता लक्ष्यणहरु देखिने गरेको तथा स्वास्थ्य चौकिका स्वास्थ्यकर्मि एक महिना देखि गाउँमा नगएका र औषधी समेत नरहेको उनिहरुले गुनासो गरेका छन । सदरमुकाम देखि दुई दिन टाढा पर्ने यस गाउँमा फैलिएको भाईरल विस्तारै सोही गाविसको चिताई गाउँमा समेत फैलिदै गएको बताईएको छ ।
भाईरल फैलिएको जानकारी नभए पनि स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिलाई त्यस तर्फ पठाई सकिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । भाईरल फैलिएको जानकारी त आएको छैन , तर दुई दिन अघि नै त्यहाँका स्वास्थ्यकर्मि गई सकेका छन जिल्ला स्वास्थ्य कार्यालय मुगुका सिनियर अहेव जंगलाल बुढाले भने ।
0 comments
बिचार लेख्नुहोस्..