सहजीकरणको अभावले किशोरीको आँखा गुम्यो
सुमन मल्ल-
२२ बैशाख , मुगु ----
गमगढी धैनकोट सडक खण्ड अन्र्तगत रारा गाविस सडक खण्डमा काम ,गर्न गएकी एक किशोरीको सडक खन्ने क्रममा चोट लागेर आँखाको नानी नै गुमेको छ । ग्रामीण पहुँच कार्यक्रम —३ अन्र्तगत निर्माण भईरहेको सडक खन्ने कामका लागि कामदारको विमा, औषधी उपचार गर्ने भनिएको थियो तर रारा गाविस वडा नम्बर ५ आँसी धारा निवासी १७ वर्षीया सुकुल्ली रोकायाको आँखाको नानी गुमे पनि नत विमा रकम नै पाईन नत औषधी उपचार नै ।
सडक निर्माणका क्रममा प्रति घर धुरीको एक जना नागरिकता पाएकाले काममा जान पाईने प्रावधान कार्यक्रमको रहेको थियो । नागरिकता नपाएको , एकै घरका दुई जना तथा अर्काको सट्टामा काम गर्न जान नपाईने कार्यक्रमको नियम भए पनि रोकाया अर्काको सट्टामा काम गर्न गएकी स्थानीयवासीले बताए । काम गर्ने क्रममा ढुंगाको टुक्रा आँखामा लागेको थियो । रोकाया अर्काको सट्टामा काम गर्न गएकी हुनाले पहुँच कार्यक्रमले औषधी उपचार खर्च र विमा नभएको बताए पछि घर परिवारले उपचारका लागि सदरमुकाम गमगढीमा रहेको प्राथामिक आँखा उपचार केन्द्रमा पु¥याए । उपचार केन्द्रले आँखाको उपचार हुन नसक्ने बताए पछि घर परिवारले ऋण सापटी गरेर राजधानी तर्फ लगे तर आँखाको नानी गईसकेको रहेछ , रारा गाविस वडानम्बर एकका दानबहादुर शाहीले भने ।
चोट लागेको दोस्रो दिनमा उपचार केन्द्रमा रोकायालाई ल्याईएको थियो , आँखा हेर्दा नानी फटिसकेको थियो हामीले रेफर गरिदियौ आँखा उपचार केन्द्रका प्रमुख धु्रव बुढथापाले बताए । कसले काम गर्न पाउने नपाउने, कामको प्रक्रिया कस्तो लगायतका विषयमा समुदाय सहजीकरणको जिम्मा पाएको पुर्न निर्माण तथा अनुसन्धान विकास केन्द्र मुगुका सामाजिक परिचालकले प्रभावकारी सहजीकरण गर्न नसक्दा रोकायाको आँखाको नानी नै गुमेको छ भने कतिपय स्थानमा भने बालबालिका प्रयोग भई रहेका छन । नेपालको राष्टिय तथा संयुक्त राष्ट संघको अभिसन्धीले समेत १८ वर्ष ननाघेका बालबालिकाहरुलाई जोखिमपुर्ण काममा लगाउन नपाउने व्यवस्था गरे पनि ग्रामीण पहुँच कार्यक्रमले नागरिकता पाएका ( १६ वर्ष पुगेका ) लाई काममा लगाउन सकिने बताएको छ ।
सडक खन्ने कामदारका लागि प्राथामिक उपचारका सामाग्री (किड बक्स ) दिएको बताए पनि सामान्य चोट पटक लाग्दा आवश्यक पर्ने औषधी न्युन दिएको तथा दिएको ओषधी पनि एकै चोटी सकिने गरेको उनिहरुले बताएका छन । एकै पटक धेरै औषधी दिनु भन्दा बेला बेला आवश्यकता अनुसार औषधी दिईएको पुर्न निर्माण तथा अनुसन्धान विकास केन्द्र मुगुका सामाजिक परिचालक तारा बानियाँले दावि गरिन । यो सडकको काम गर्दा एक जनाको आँखा गुम्नुका साथै एक जनाको छातीको हड्डि भाँचिएको छ भने सामान्य चोट त कुरै छैनन । प्राथामिक उपचारका लागि दिएका किड बक्समा औषधी नभए पछि रोटी बोक्ने झोलाका रुपमा प्रयोग गरिएका छन ।
0 comments
बिचार लेख्नुहोस्..