आफ्ना कार्यकर्ता फसाउ राजनीतिकरण गरिएको माओवादी भनाई


मुगु न्युज डट कम,
बैशाख ३ मुगु----------------
गएको चैत्र दोस्रो साता पश्चिम खत्याड भेकमा पर्ने श्रीकोट गाविसको चिमाढुंग्री गाउँमा भएको चोरीको घटनामा राजनीतिकरण गरि आफना कार्यकर्तालाई फसाउन खोजीएको नेकपा माओवादीले जनाएको छ ।
चैत्र १२ गते सदरमुकाम गमगढीबाट सामाजिक सुरक्षा कार्यक्रमको १८ लाख रकम लिएर गएका गाविस सचिव टक्कदत्त प्याकुरेल बास बसेको घरमा सुतेकै कोठाबाट चोरी भएको घटनामा वर्तमान जिल्ला कमटी सदस्य सर्पु रोकायालाई काँग्रेस र एमालेका स्थानीय नेताले दुख दिने नियतले फसाउन खोजेको नेकपा माओवादी मुगुका नव निर्वाचित सेक्रेटरी मंगल बहादुर शाही (प्रतिक)ले बताए । भर्खरै सम्पन्न भएको नेकपा माओवादी मुगुको प्रथम जिल्ला अधिवेशनले तय गरेका निती तथा निर्णय सार्वजनिक गर्न बुधवार गमगढी आयोजित पत्रकार सम्मेलनमा माओवादीले त्यस्तो आरोप लगाएको हो । श्रीकोट गाविस वडा नम्बर ७ जिउका घर भएका रोकायाको समेत चार लाख चोरी भएको तथा बाटोमासंगै हिडेको र बास बसेको आधारमा अनावश्यक दुख दिने नियत राखेर घटनालाई राजनीतिकरण गर्न खोजीएको माओवादीको बुझाई छ ।
सुतेको अवस्थामा शिरान मुनि राखिएको रकम चोरी भएपछि प्रहरीले सचिव प्याकुरेल, रोकाया र श्रीकोट गाविसका कार्यालय सहयोगि भिम रोकायालाई पक्राउ गरि अनुसन्धान गरिरहे पनि अहिलेसम्म केही खुल्न नसकेको प्रहरीको भनाई छ । अहिलेसम्म गाविस सचिव प्याकुरेलले किटानी जाहेरी दिएका छैनन भने कार्यालय सहयोगि र माओवादी कार्यकर्ताले पनि आफुहरुलाई थाहा नभएको भन्ने बाहेक अरु केहि नबताएको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार आफ्ना कार्यकर्तालाई अनावश्यक दुख नदिन माओवादी उच्च तहबाट समेत दवाब आउने गरेको छ । प्रहरीको निगरानीमा विहान दश बजे देखि बेलुकी पाँच बजेसम्म प्रहरी कार्यालयमा बस्ने र त्यस पछि बजारमा आउने गरेका तिनै जना मध्य सचिव प्याकुरेल गएको हप्ता जुवा खैल्न बसे पछि प्रहरीले उनि माथीको निगरानी र अनुसन्धानलाई थप कडाई गरेको बताईएको छ । चोरी भएको सरकारी रकम जसरी पनि असुल गर्नु पर्ने तथा सचिवको जागिरी समेत जोगाउनु पर्ने अवस्था आएकाले सापटी गरेर भए पनि नागरिकको सामाजिक सुरक्षा बाफतको १८ लाख तिर्न पहल भईरहेको छ तर रकम कसले दिने कहाँबाट ल्याउने भन्ने अन्यौल रहेको एक गाविस सचिवले बताए ।

,

0 comments

बिचार लेख्नुहोस्..