सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि अनर्तक्रिया सम्पन्न

मुगु न्युज डट कम--------
चैत्र २३ मुगु-----
जिल्ला स्वास्थ्य कार्यालय मुगुको आयोजनामा आईतवार सुर्ति जन्य पदार्थ नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका तर्फबाट कार्यालय प्रमुख डाक्टर भक्तदेव श्रेष्ठले सुर्ति जन्य पदार्थ सेवनबाट पर्ने असर, रोकथाम र विश्वको अवस्था बारे कार्य पत्र प्रस्तुत गरेका थिए भने जिल्ला प्रशासन कार्यालय मुगुका सहायक  प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले नेपाल सरकारको कानुनी प्रावधान बारे जानकारी गराएका थिए ।
सुर्ती जन्य पदार्थ नियमन तथा नियन्त्रण समबन्धि नियमावली २०६८ र ऐन २०६८ लागु गरिएको भए पनि जिल्लामा सुर्ति जन्य पदार्थ बेच विखन गर्ने पसल ,होटेलले कानुनी प्रावधान पालना नगरेको सहभागिले बताएका थिए । नियम अनुसार सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई सार्वजनिक स्थानबाट हटाउने वा एक सय रुपैया जरिवाना वा दुवै सजाय व्यवस्था छ भने १८ वर्ष मुनिका बालबालिका र गर्भवति महिलालाई सुर्ति जन्य पदार्थ किन बेच गर्न लगाउनेलाई कारवाही गर्ने कानुनी व्यवस्था भए पनि जिल्लामा यसको पालना भएको छैन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..