विकासमा समान सहभागिता
सुमन मल्ल------------
चैत्र २२ मुगु,
६० को दशकसम्म विकास पुर्वाधार विकास निर्माण कार्यमा महिलाको सहभागिता कम र असमान ज्याला निर्धारण गर्ने प्रचलन भए पनि पछिल्लो समयमा कठिन काममा पनि महिलाको समान सहभागिता रहँदै आएको छ ।
सडक निर्माण गर्ने कार्यमा सबै भन्दा बढि महिलाको सहभागिता हुने गरेको पाईएको छ भने ज्याला समेत अन्य पुरुषहरुको जति पाउने गरेको विकास निर्माणका काममा सहभागि हुने महिला बताउदै आएका छन ।
विगत तिन चार वर्ष अघि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन भन्ने तथा काममा लगाई हाले पनि पुरुष मजदुर भन्दा कम ज्याला दिने गरे पनि अहिले पुरुष सरहको काम महिलाले गरिरहेका र ज्याला समेत समान पाउने गरेको सुकाढिक गाविस वडा नम्बर ३ आँव गाउकि ४७ वर्षीया नानी कार्कीले बताईन । पहिले महिलालाई खेतिपाती, चुल्हो चौकोमा सिमित राख्ने पुरुषहरु पछिल्लो समयमा महिलाको काममा साथ दिन थाले पछि महिलाले पनि विकास निर्माणका काम गर्न सक्छन , समान ज्यालाको दावी पनि गरिरहेको कार्कीको भनाई छ ।
मुगु , हुम्लाका विभिन्न स्थानमा अहिले सडक निर्माण गर्ने कार्य भईरहेका छन भने जोखिमपुर्ण स्थानमा पनि महिलाको उतिकै सहभागिता देखिएको छ । सदरमुकाम गमगढी – धैन सडक खण्ड अन्र्तगत रारा गाविसको कच्चे कोट भिरमा सडक खन्ने काममा खटिएका अधिकाँश महिलाहरुले पछिल्लो समयमा चेतनाको स्तरमा वृद्धि, महिलाले पुरुषको जस्तो काम गर्न सक्दैन भन्ने हिनता हटाएको बताए । शान्ति स्थापना पछि भएको राजनीतिक उथलपुथलसंगै आएको राजनीतिक परिवर्तनले पनि विकास निर्माण , समाज रुपान्तरण, राजनिती लगायतका सबै क्षेत्रमा समानता , समान सहभागिताको विषयमा भुमिका निर्वाह गरेको रारा गाविस १ का स्थानीयवासी दानबहादुर शाहीले बताए । उनले भने , पहिले महिलाहरु पुरुषको अगाडी बोलन डराउने , निर्माणका कार्यमा आफुलाई असक्षम देखाउदै आएका थिए तर पछिल्लो समयमा गाउँका विकास निर्माण, भेला छलफलमा सक्रिय हुन थालेका छन ।

0 comments
बिचार लेख्नुहोस्..