माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

मुगु न्युज डट कम----------
चैत्र २३ मुगु----
सदरमुकाम गमगढी देखि दुई घण्टा पैदल दुरीमा पर्ने रुगा गाविसको वडा नम्बर ७ बाम गाउँमा घर छिप्ने कमेरो माटो निकाल्न खोज्दा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
चैते दशैका लागि घर छिप्ने सेतो कमेरो माटो लिन गएका वडा नम्बर ७ का २२ वर्षीय युवा पृथ्वी बुढा र सोही वडा निवासी १३ वर्षका बालक धनविर बढुवालको माटो निकाल्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएको र दुई जना युवती घाईते भएका छन ।
आईतवार विहान गाउँ नजिकै रहेको रादेउ भन्ने स्थानमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिए पछि त्यहाँ पुगेका स्थानीयवासीले स्थानीय बासमति बुढा र पुतली बढुवाललाई उद्धार गरेको स्थानीयवासी दानबहादुर रावतले जानकारी दिए ।


,

0 comments

बिचार लेख्नुहोस्..