कर्मचारी युनियनको अधिवेशन ६ गते हुने
मुगु न्युज डट कम--------
वैशाख २ मुगु--------
नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति मुगुको छैठौ जिल्ला अधिवेशन वैशाख ६ र ७ गते हुने भएको छ ।
मंगलबार बसेको कार्य समितिको बैठकले युनियनको छैठौ जिल्ला अधिवेशन वैशाख ६ र ७ गते आयोजना गर्ने निर्णय गरेको युनियनले जनाएको छ । अधिवेशन सफलताकासाथ सम्पन्न गर्न वर्तमान अध्यक्ष ललितजंग मल्लको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति, रेशम रावलको संयोजकत्वमा आर्थिक समिति र पशुपति शाहीको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको बताईएको छ ।
0 comments
बिचार लेख्नुहोस्..