विद्यालय भर्ना अभियान सुरु


मुगु न्युज डट कम------------
वैशाख २ मुगु--------------
नयाँ वर्ष सुरुवातसंगै जिल्ला भरिमा मंगलवार देखि विद्यालय भर्ना अभियान सुरु भएको छ । जिल्लामा रहेका १ सय ३६ वटा सरकारी विद्यालयहरुमा  मंगलवार देखि विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सुरु भएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
नानी वावु रमाई रमाई विद्यालय आउ, पढी सिकी सधैं भरि खुसीले रमाउ भन्ने मुल नाराका साथ सुरु भएको विद्यालय भर्ना अभियानका क्रममा विद्यालयमा भर्ना , ¥याली गरिने र दोस्रो हप्ता घर दैलो अभियान सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय मुगुका विद्यालय निरिक्षक धनसुधन चौलागाईले जानकारी दिए । विद्यालय भर्ना अभियान पछि वैशाख २० गते देखि सवै विद्यालयमा कक्षा सञ्चालन हुने छन ।
जिल्ला शिक्षा कार्यालयको तथ्याकं अनुसार अहिले विद्यालय वाहिर रहेका विद्यालय जाने उमेर समुहको संख्या चार प्रतिशत देखिए पनि यो संख्या अझै बढि रहेको बताईएको छ । विद्यालय भर्ना सतप्रतिशत देखिए पनि विद्यालय छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । सुरुमा सवैले विद्यालय जाने उमेर समुहका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने तर विचैमा छोडे पनि कसैले वास्ता नगर्ने हुँदा विद्यालय छोड्ने बालबालिकाको संख्या धेरै देखिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बालालीकाले विद्यालय छोड्ने कारण पत्ता लगाई विशेष खालका कार्यक्रमहरु सञ्चालन गरिने कार्यालयको भनाई छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..