जिल्ला भरिमा बाल विवाह र छाउपडी प्रथा पहिलो समस्या


मुगु न्युज डट कम------
चैत्र २३ मुगु------------
जिल्लाका २४ वटा गाविसहरु मध्य १९ वटा गाविसहरुमा परम्परा देखि कायम रहँदै आएको छाउपडी प्रथा र बाल विवाह प्रमुख समस्याका रुपमा रहेको महिला तथा बालबालिका कार्यालय मुगुले जनाएको छ ।
आईतवार सदरमुकाम गमगढीमा आयोजना गरिएको किशोर किशोरी विकास तथा सहभागिता कार्यक्रम सम्बन्धि अबरोध विश्लेषण तथा क्रिया क्लाप प्रस्तुती करण कार्यक्रममा विद्यमान समस्याको जानकारी गराईएको हो । जिल्लाका चार वटा गाविसमा सञ्चालन गरिने कार्यक्रमका लागि श्रीनगर, पिना, सुकाढिक र किम्री गाविसमा गरिएको अबरोध विश्लेषबाट यस्तो तथ्य भेटिएको कार्यालयले जनाएको छ । चार वटै गाविसमा दश देखि १४ वर्षका ३० जना, १५ देखि १९ वर्ष उमेर समुहका ३० जना किशोर किशोरी र १५ जना अभिावकहरुबीच गरिएको सहभागिता मुलक विश्लेषणबाट किम्री गाविस बाहेक अन्य तिन गाविसमा बाल विवाह र छाउपडी प्रथा भयावह अवस्थामा रहेको कार्यालय प्रमुख अनिता ज्ञवालीले जानकारी दिईन । चार गाविसमा सुरु हुन लागेको किशोर किशोरी विकास तथा सहभागिता कार्यक्रम विस्तारै २४ वटै गाविसमा सञ्चालन गरिने भएको छ ।
 पुर्वि करानका माँग्री, पुलु, किम्री , डोल्फु र मुगु गाविसमा बौद्धमार्गीको बसोवास रहेको तथा ति गाविसमा छाउपडी प्रथा र बाल विवाहको प्रचलन नरहेको संविधान सभा पुर्व सभासद तथा किम्री गाविसकी स्थानीयवासी सोनाम छेजुम लामाले बताईन । उनले भनिन, हामी जनजातीमा यस्ता प्रथा त छैनन तर खस, क्षेत्रि लगायतका अन्य समुदायमा यो प्रथा कायम रहेकाले महिला हिंसा पनि पुरुष वर्ग एवं ति प्रथाबाट सुरु  भएका छन । जिल्लामा देखिएको बाल विवाह र छाउपडी प्रथा अन्त्य गर्न संस्थागत क्षमता विकास, दक्ष जनशक्ति व्यवस्था र जनचेतनामुलक कार्यक्रम सञ्चालन हुनु पर्ने प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको तर्क छ ।
समाजमा रहेको लैंगिक विभेद, जातीय छुवाछुत धामी झाँक्रीमा विश्वास गर्ने परम्पराले छाउपडी प्रथा र वाल विवाहले प्रसय पाएको कार्यक्रमका सहभागिले बताएका थिए । छोरीलाई विवाह गराउदा बोझ कम , छोरी धेरै पढ्दा विग्रने डर, छोरी अर्काको सम्पति र छोराको विवाह छिटो गराउदा कामको बोझ कम हुने अभिभावकको सोचले गर्दा जिल्लामा दिन प्रतिदिन बाल विवाह बढिरहेको सहभागिको निष्कर्ष छ । जिल्लाका २४ गाविस मध्य पुर्वि करानका पाँच बाहेक अन्य १९ गाविसमा खस, ब्राहमण ,क्षेत्रि र दलित समुदायको बाहुल्यता रहेको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..