एकिकृत घुम्ती शिविर सञ्चालन हुने
मुगु न्युज डट कम
बैशाख २९ मुगु
जिल्लाको पश्चिम खत्याड भेकका सात गाविसका लागि आउँदो जेष्ठ ५ र ६ गते एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा हुन लागेको शिविरमा जिल्लाका सरकारी कार्यालयहरुले प्रवाह गर्ने सवै सेवाहरु नागरिकका घर दैलोमा दिने जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए । आईतवार बसेको सरोकारवाला तथा सरकारी कार्यालयका प्रमुखहरुको बैठकले खत्याड भेकका सेरी, श्रीकोट,गम्था ,खमाले, कोटडाँडा ,ह्याँग्लु र सुकाढिक गाविसका लागि कोटडाँडा गाविसको रातापानीमा एकिकृत घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।
सदरमुकामसम्म आउन नसकेका सर्व साधारणहरुलाई शिविरमा सहज सेवा प्रवाह हुने तथा विशेष गरि नागरिकता , मालपोत, स्वास्थ्य सेवा प्रवाह गरिने भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..