मदिरा बनाउने कच्चा प्रदार्थ नष्ट

मुगु न्युज डट कम-------
मुगु २९, बैषाख,
जिल्ला सदरमुकाम गमगढीमा होटल ब्यबसायी गदै आएकाहरुबाट अबैध रुपमा बिक्रिबितरण गर्दै आएको अबैध घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरिएको छ ।
कोष तथा लेखा नियन्तरण कार्यालयको अग्रसरतामा जिल्ला प्रशासन कार्यालय  प्रहरी, पारालिगल महिला समुह होटल ब्यबसायि उपभोक्ता हित मञ्चको टोलिले सोमबार बिहान सदरमुकाम गमगढीमा छापामारी अबैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पर्दाथ नष्ट गरिएको हो ।
मदिराकै कारण दैनिक अपाराधिक घटना घट्ना थालेका र अबैध घरेलु मदिरा बिक्रिबितरणमा बन्देज लगाईएको भएको पनि बेला बेला बिक्रिबितरण नगर्न जिल्ला प्रशासन प्रहरी र कोष तथा लेखा नियन्तण कार्यालयबाट  जानकारी दिदै आएको र घरेलु मदिरा नियन्तरणका लागी एक दुई पटक छापा मारी चेतवनि समेत दिई सकेको भए पनि कसैले नटेर्दा छापामारी कच्चा पर्दाथ नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिएका छन ।
कोष तथा लेखा नियन्तरण कार्यालय प्रमुख गोबिन्द्र सुबेदीका अनुसार अबैध घरेलु मदिरा बिक्रिबितरण नगर्न र  होटल ब्यबसाय संचालन गर्दा कर कार्यालयमा दर्ता गर्न सार्बजनिक सुचना जारी गर्दा समेत नटेरेपछि संयुक्त अनुगमन गरि छापा मारिएको र  पहिलो पटक एक दर्जन मदिरा बनाउने ब्यबसायिका ४२ थान ड्रम मदिरा बनाउन प्रयोग हुने अन्नको कच्चा पदार्थ नष्टगरिएको छ ।
कोष तथा लेखा नियन्त्रक सुबेदीका अनुसार पहिलो पटक चेतवानिका लागि भएपनि घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थका सार्थ प्रयोग हुने भाँडाकुडा जफत गरि नष्ट गर्ने द्रोसो पटक पुन अनुगमन गर्दा भेट्टिएमा कानुनि कार्बाही गरिने भएको छ ।
 जिल्लामा सबै भन्दा बढी खपत हुने घरेलु मदिराकै कारण दैनिक अपरधिक घटना घटेका हुन्छन भने सरकारबाट अनुदान मार्फत प्राप्त हुने खाद्यन्न पनि बर्ष भरीको जिल्लाको खाद्यकोटाको आधा भाग सदरमुकाम गमगढीमा मात्र घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको पाईएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..