यौन सम्र्पक गर्न नदिएको झोकमा कुटपिट
मुगु न्युज डट कम----------
२९ वैशाख , मुगु ,रुगा गाबिस वडानम्बर ७ निबासि १४ बर्षिया एक बालिकालाई यौंन सम्पर्क गर्न नदिएको झोकमा एक युवकले कुटपिट गरेका छन ।
बैषाख २५ गते राति छिमेकि गाँउ फोईपाटामा लागेको मेला हेरी साथीसंग घर फर्कने क्रममा रुगा गासि ८ कै बिगारा चौरमा रुगा गाबिस वडानम्बर ७ निबासि १८ बर्षिया गोबिन्द्र बढुवालले यौन सम्र्पक गर्न नदिएको झोकमा कुटपिट गरेका पिडितका भिनाजु धन बहादुर बढुवालले बताएका छन ।
प्रकास माबि लुममा कक्षा ८ मा अध्यनरत १४ बर्षिया परिर्वतित नाम सीता बुढा २५ गते राति छिमेकि गाँउ फोईपाटामा मेला हेरी साथीहरुसंग आफनो घरमा फर्कने क्रममा बिच बाटो बिगारा चौरमा बाटो तल लगि बलात्कार गर्न खोजेपछि पिडितले चिच्चाएपछि कुट पिट गरेको आफन्तको भनाई रहेको छ ।
कुटपिट पछि २६ गते बिहान जिल्ला अस्पताल ठिनी पुराई तिन दिन सम्म उपचार गरी पिडकलाई जबरजस्ति करणी उद्योग सम्बन्धि जिल्ला प्रहरी कार्यालयमा किटानि जाहेरी दरखास्त २८ गते दिएको भएपनि जिल्ला प्रहरी कार्यालयले समात्न नमानेको पिडितका भिनाजु बढुवालले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालयमा पुगेका पिडितका आफन्तहरुले तत्काल मुद्धा दर्ता गरी पिडकलाई कानुनी कार्बाहीको माग गरेको भए पनि केहि गाँउलहरुले गाँउको झगडा भएकाले मिल्नपर्ने दबाब दिएका छन भने पिडितले आफु कुैन हालतमा मिल्ने पक्षमा नभएको यदि मिलाउने प्रयास गरेमा आत्माहत्या गर्ने बताईरहेकी छिन ।
प्रहरी निरिक्षक मित्र बहादुर आर्चायका अनुसार पिडितले जाहेरी ल्याए पनि केटाकेटी दुबै एक अर्का प्रति माया गर्ने गरेको तर के बिषयमा उजुरी आएको यस्को बारेमा अनुसन्धान र पिडितले दिएको उजुरीको आधारमा पिडकको खोजिमा गएको बताउछन ।
घटनालाई मिलाउन पर्छ भन्ने पक्षमा स्थानिय राजनितिक दलहरुको समेत दबाब रहेकाले पनि प्रहरीले आफनो जाहेरी समात्न नमानेको र बलात्कार नभएकाले कुटपिट मात्र भएको भए पनि पिडकबाट औषधी उपचार खर्च र पिडितलाई अक्षेता टिका लगाई मिलाउने सर्त राखेर राजनितिक दलहरुले आफुहरुलाई दबाब दिएको पिडित पक्षको गुनासो रहेको छ ।

0 comments
बिचार लेख्नुहोस्..