भिरबाट ढुंगा खस्दा युवकको मृत्यु


मुगु न्युज डट कम-------------
३० वैशाख ,मुगु-
सोरु भेकको जिमा गाविसबाट विवाहको सामान किन्न सदरमुकाम गमगढी आउदै गरेका एक युवकको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।
जिमा गाविस वडा नम्बर १ सिप गाउँका १८ वर्षीय गोर बहादुर विक गमगढी आउदै गर्दा रुगा गाविसको गोदेगाड भन्ने स्थानमा माथिबाट आएको ढुंगा लागेर सोमबार मृत्यु भएको जिमा गाविस वडा नम्बर २ का स्थानीयवासी चिरन्जििव विष्टले जानकारी दिए ।
 मृतक विकले तिन दिन अघि मात्र जिमा गाविस वडा नम्बर ३ जिमा गाउबाट केटी ल्याएका थिए । उनि विवाहको सामान किन्न गमगढी बजार तर्फ आईरहेका वेला सोमवार दिउसो गोदे गाड नजिक माथि भिरबाट खसेको ढुंगा लागेको थियो । मृतक विकको शवलाई पोष्टमार्टमका लागि सोमबार राती दश बजे जिल्ला अस्पतालमा ल्याईएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..