गुणस्तरिय शिक्षाका लागि शिक्षक ईमान्दार हुनु पर्नेमा जोड

मुगु न्युज डट कम---------
३० वैशाख, मुगु-------------
जिल्लाको शैक्षिक गुण स्तर सुधार गर्नका लागि शिक्षकहरु ईमान्दार हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
सदरमुकाम गमगढीमा मंगलवार नेपाल शिक्षक संघको २४ औ स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रमका सहभागिहरुले जिल्लाको शैक्षिक गुणस्तर खस्किदै जानुमा शिक्षकहरु प्रमुख जिम्मेवार रहेको बताएका छन । सरकारी विद्यालयमा कार्यरत शिक्षकहरु विद्यालयमा अनियमित हुनु , पेशागत ईमान्दारिता भन्दा ठेक्का पट्टा ,राजनिति, व्यापार तथा गैर सरकारी संस्थाका काममा व्यस्त रहने गर्दा सरकारी विद्यालयको शैक्षिक अवस्था विग्रदै गएको नेपाल शिक्षक युनियनका अध्यक्ष लोकेन्द्र बहादुर मल्लले बताए । उनले भने , शिक्षकहरुले वर्षको दुई सय २० दिन मात्र विद्यालयमा हाजिर हुने हो भने पनि शैक्षिक अवस्थामा पचास प्रतिशतले सुधार आउन सक्छ ।
सरकारी विद्यालयका शिक्षकहरु विद्यालयमा नियमित हुनु पर्ने तथा व्यक्तिको आचरण र सोचमा परिवर्तन नहुँदासम्म शिक्षाको गुणस्तर वृद्धि हुन नसक्ने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सुर्यबहादुर खत्रिको भनाई थियो । शिक्षकका पेशागत संगठनमा आबद्ध शिक्षकहरुले पेशागत अधिकारका लागि भन्दा राजनीतिक दलहरुका खेलौना भएका र उनिहरुले बोक्ने आस्थाको सुरक्षा समेत हुन नसकेको नेपाल राष्टिय शिक्षक संगठनका प्रतिनीधि कृष्ण मुरारी प्रसाद भट्टले बताए । अरुलाई गल्ति गरेको भन्नु भन्दा शिक्षकहरुले जिम्मेवार रुपमा आफैबाट सकरात्मक परिवर्तन सुरु गर्नुु पर्ने शिक्षक संघका अध्यक्ष जंग बहादुर शाहीले बताए ।

,

0 comments

बिचार लेख्नुहोस्..