शिक्षकहरु सम्मानित


मुगु न्युज डट कम---------
३० वैशाख, मुगु--------लामो समय देखि शिक्षण पेसामा रहि नेपाल शिक्षक संघलाई योगदान दिने तथा सेवा निवृत्त हुन लागेका दुई दर्जन बढि शिक्षकहरुलाई मंगलवार सम्मान गरिएको छ ।
नेपाल शिक्षक संघको २४ औ स्थापना दिवशका अवसरमा मंगलवार सेवा निवृत्त हुन लागेका सुत्तबहादुर शाही, जयबहादुर डाँगर, भुमिनन्द खत्रि, बृहस्पति तिवारी, भक्तिराम घिमिरे, टेकबहादुर छत्याल, पुर्णबहादुर शाही र भोला कामतलाई संघले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
 संघले एकराज शर्मा, काशीराम सुवेदी, रत्नसिंह मल्ल,पदमबहादुर बुढा, ईन्दिरा विके, गोपालजी कुर्मी, सुर्यनारायण साह, गाविन्द ढकाल,वसन्तराज कडेंल, राजबहादुर शाह,सुकलाल विष्ट, पुर्णबहादुर मल्ल, दुर्गबहादुर रावल, जगतबहादुर शाही, मिनबहादुर बुढा, मकर भण्डारी, संगीता रोकाया र खडकबहादुर शाहीलाई कदर तथा प्रसंशा पत्र प्रदान गरिएको थियो ।


,

0 comments

बिचार लेख्नुहोस्..