पाठ्य पुस्तक विना विद्यार्थी विद्यालयमा



मुगु न्युज डट कम-------
जेठ २ मुगु-----------
शैक्षिक सत्र सुरु भएको एक महिना नाघिसक्दा पनि साझा प्रकाशनले ल्याएका पाठ्य पुस्तक अपुरा हुँदा सरकारी विद्यालयको पठन पाठन कार्य प्रभावित भएको छ ।
साझाले ल्याएका पाठ्य पुस्तक मध्य कक्षा १ को अँग्रेजी, कक्षा २ को गणित र माध्यामिक विद्यालयका ऐच्छिक भुगोल , शिक्षा, सामाजिक शिक्षा र अर्थशास्त्र किताब नपुगे पछि विद्यार्थीहरु किताव विना नै पढ्न बाध्य भएका छन । साझाले यस अघि गत वर्षको पाँच लाख बराबरको किताब बाँकि रहेको र यस वर्ष १३ हजार सेट पुस्तक ल्याउँदा प्रशस्त पुग्ने बताए पनि अन्तत पुस्तक अधुरा पुगेपछि समस्या भएको छ । अहिले पुस्तक आधा पुगेपछि साझा प्रकाशन सिजनल डिपो मुगुका प्रमुख कृष्ण न्यौपाने नपुगेको किताब लिन जुम्ला गएका र एक दुई दिनमा पुग्ने पुस्तक वितरणको साझेदार जयलक्ष्मी स्टेशनरीका लक्ष्मी भामले बताए ।
जिल्लामा पुस्तक आएर विद्यालयले लिएको भने पनि कति पुस्तक पुग्यो कति पुगेन भन्ने कुनै जानकारी साझाले नदिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाका एक सय छत्तीस सरकारी विद्यालयलाई पाठ्य पुस्तकका लागि ३२ लाख ५० हजार रकम दिईएकोमा यस वर्ष ३६ लाख ५२ हजार रकम विद्यालयलाई दिईएको कार्यालयको भनाई छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..