पहिलो पटक यात्रु बाहक वस पुग्दा खुसियाली


मुगु न्युज डट कम-------
जेष्ठ १ मुगु-------
नाग्म गमगढी सडक उदघाटन भएको सोह्र महिना पछि विहिवार गमगढीमा यात्रु बाहक बस आई पुग्दा स्थानीयमा खुसियाली छाएको छ ।
सुर्खेत देखि मंगलबार विहान हिडेको मध्य पश्चिम यातायातको ना४ ख ६४९१ नम्बरको बस विहिवार अपरान्ह तिन बजे सदरमुकाम गमगढी पुग्दा स्थानीयवासीले बस र चालकलाई बाजा गाजा सहित अविर, माला, टिका लगाएर स्वागत गरेका थिए । २०६९ पौष १ गते नाग्म देखि गमगढीसम्मको ९४ किलो मिटर सडकको नेपाली सेनाले निर्माण कार्य सम्पन्न गरेपछि औपचारिक रुपमा तत्कालि प्रधानमन्त्री बावुराम भट्राईले उद्घाटन गरेका थिए ।
सडक उद्घाटन गरेपछि टयाक्टर र मालबाहक मझौला गाडीले व्यापारिक सामान सुर्खेत नेपालगञ्ज देखि ओर्सार्दै  आएका थिए । सुर्खेत देखि गमगढीसम्मको दुई सय ९६ किलो मिटर सडक मध्य सुर्खेत देखि दैलेखको खिड्की ज्युलासम्म मात्र कालो पत्रे छ भने बाँकि कच्ची सडक छ । यस्तो सडकमा तिन दिन लगाएर गमगढी पुगेको र मुगु र जुम्लाको सिमाना घुच्ची लेकमा केही समस्या रहेको गाडीका चालक एवं मालिक नारायण खड्काले बताए । अहिले गमगढीसम्म चल्ने टयाक्टर र माल बाहक गाडी कसैलाई पनि मुगु पुग्ने अनुमति कसैलाई छैन । नेपालगञ्ज सुर्खेत सम्म स्थायी अनुमति र जुम्लासम्मका लागि मात्र अस्थायी अनुमति रहेको गाडी मालिकले बताएका छन ।
अनुमति नभए पनि कच्ची सडकबाट गमगढीसम्म गाडी ल्याउनु साहसिक काम भएकाले खुसिले स्वागत गरेको मुगु उद्योग बाणिज्य संघका कार्य वाहक अध्यक्ष कमल बुढाले बताए । यता चार नम्बर सडक डिभिजन सुर्खेतले नाग्म गमगढी सडकको स्तरोन्नतीका लागि चार करोड खर्च गर्ने भने पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

0 comments

बिचार लेख्नुहोस्..