भाईरलको प्रकोप बढ्दो
मुगु न्युज डट कम-----------
मुगु,२जेठ,गर्मीको मौसम सुरु भएसंगै जिल्ला भरिमा अहिले रुगा खोखि, ज्वरो र झाडा पखालाको प्रकोप बढ्रन थालेको छ ।
जिल्ला अस्पतालको तथ्याकं अनुसार हिजो आज दैनिक जिल्ला अस्पतालमा आउने ५० । ६० विरामी मध्य आठ दश जना झाडा पखाला र आठ दश जना रुगा खोखिका विरामी आउने गरेका छन । यसरी आउने विरामी मध्य अधिकाँश बालबालिका रहेको जिल्ला अस्पतालका डाक्टर भक्तदेव श्रेष्ठले जानकारी दिए । जिल्ला अस्पताल बाहेक सदरमुकाम गमगढीमा रहेका आधा दर्जन बढि निजि मेडिकलमा समेत विरामीहरु आउने गरेका छन ।
यि मेडिकलहरुमा दैनिक पाँच छ जना झाडा पखाला र रुगा खोकिका विरामी आउने गरेका मल्ल मेडिकल हलका सञ्चालक जयबहादुर मल्लले बताए । मौसम परिवर्तनसंगै गर्मि र सुख्खा हावाका कारण तथा खाने पानीका कारण पनि यस्तो प्रकोप बढ्ने गरेको जिल्ला अस्पतालले जनाएको छ । सोरु भेकका रारा , कालै ,धैनकोट र सदरमुकामका रुगा, रोवा, श्रीनगर , कार्कीवाडा गाविसमा समेत रुगा, खोकि, ज्वरोको प्रकोप देखिएको छ । टाउको दुख्ने, घाँटी दुख्ने र ज्वरो आउने गरेको छ भने यो संगै झाडा पखाला समेत बढेको छ ।
0 comments
बिचार लेख्नुहोस्..