खत्याड भेकका सतरी प्रतिशत महिलाहरुमा तल्लो पेटको समस्या


मुगु न्युज डट कम---------
जेठ ८  (रातापानी )मुगु----------
जिल्लाको पश्चिम खत्याड भेकका सातवटा गाविसका महिलाहरुमा तल्लो पेट दुख्ने र पाठ्यघर सम्बन्धि समस्या बढी देखिएको स्वास्थ्यकर्मिहरुले बताएका छन ।
जेठ पाँच र छ गते खत्याड भेकको कोटडाँडा गाविस स्थित रातापानीमा सञ्चालन भएको एकिकृत घुम्ती शिविरका वेला स्वास्थ्या सेवा लिन आएका अधिकाँश महिलाहरुमा तल्लो पेट तथा पाठ्यघर खस्ने समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर भक्तदेव श्रेष्ठले बताए । दुई दिनसम्म चलेको शिविरमा आएका एक हजार छयानब्बे जना स्थानीयवासी मध्य पाँच सय उनान्सत्तरी जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका तथा ति मध्य सत्तरी प्रतिशत महिलाहरुमा पाठ्यघर सम्बन्धि समस्या देखा परेको शिविरमा खटिएका सिनियर अहेव पशुराम नेपालीले बताए । सानो उमेरमा विवाह गर्ने , धेरै बच्चा जन्माउने तथा अत्याधिक कामको भारले महिलाहरुमा पाठ्यघर खस्ने समस्या बढ्दै गएको स्वास्थ्यकर्मिको भनाई छ । गर्भवती अवस्थामा आराम र पोषणयुक्त खानाको अभाव , सुत्केरी भई सके पनि कामको बोझ हुने गरेका कारण ग्रामीण क्षेत्रका महिलाहरुमा पाठ्यघर खस्ने समस्या पर्ने गरेको पाईएको छ । २० वर्ष देखी पचास वर्ष उमेर समुहमा यस्तो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै स्वास्थ्य परिक्षण गराउने अन्य स्थानीयवासीहरमा छालाको रोग , ग्याष्टिक र दमको समस्या बढि देखिएको छ । खत्याडका ह्याँग्लु, सुकाढिक, कोटडाँडा, गम्था , श्रीकोट ,सेरी र खमाले गाविसलाई लक्ष्यीत गरी एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको थियो ।

, ,

0 comments

बिचार लेख्नुहोस्..