बाल विकास सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
मुगु न्युज डट कम-----------
३१ बैशाख मुगु-------
विभिन्न गाविसमा रहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि गमगढीमा बुधवार देखि प्रारम्भिक बाल विकास सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु भएको छ ।
जिल्ला शिक्षा कार्यालय मुगु , सेतो गुँराश राष्ट्रिय बाल विकास सेवा ललितपुरको आयोजना तथा संयुक्त राष्ट्र संघीय बाल कोष ( युनिसेफ ) नेपालको सहयोगमा २५ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि अभिमुखिकरण सुरु भएको हो । प्रारम्भिक बाल विकासको महत्व, बालबालिकाको स्याहार तथा संरक्षण ,मष्तिष्क विकास , विकासात्मक उत्पे्ररणाका विषयमा स्वयम सेविकाहरुलाई अभिमुखिकरण गराईने छ ।
विशेष गरेर जन्मे देखि पाँच वर्षसम्मका बालबालिकाहरुको पोषण तथा व्यवहारगत सीपका विषयमा अभिमुखिकरण केन्द्रीत हुने आयोजकले जानकारी दिएका छन ।
0 comments
बिचार लेख्नुहोस्..