४५ लाख विना शिर्षकको पेश्की



मुगु न्युज डट कम--------------
असाढ १ मुगु--------------
जिल्ला स्वास्थ्य कार्यालयमा कार्यारत स्वास्थ्यकर्मीले विना शिर्षकको पेश्की रकम लिएर व्यक्तिगत प्रयोजनमा खर्च गरेको पाईएको छ ।
जिल्ला स्वास्थ्यका सिनियर अहेव देखि अनमीहरुसम्मले लिएको पेश्की रकमको कुनै शिर्षक र कार्यक्रमको नाम उल्लेख छैन भने कुन प्रयोजनमा खर्च गरिएको भन्ने समेत खुलाईएको छैन । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा लिएको पेश्की रकम अहिलेसम्म पनि फर्छयौट गरिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव पशुपति शाहीले सबै भन्दा बढी १४ लाख  २५ हजार लिएका छन । जंगलाल बुढाले  ८ लाख ८६ हजार , सिनियर अहेव परशुराम नेपालीले ८ लाख ५० हजार पेश्की लिए पनि कुन प्रयोजनमा लिएको भन्ने उल्लेख छैन । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौंकिमा नत स्वास्थ्यकर्मी छन नत सिटामोलको टाटो नै छ तर सदरमुकाममा बस्ने स्वास्थ्यकर्मीले सरकारी रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्दा रहेछन । सर्व साधारणले न्युनतम स्वास्थ्य सेवा नपाएर ज्यान गुमाईरहेका छन यद्यपी सरकार मौन छ । जिल्ला स्वास्थ्यको लेखा अभिलेख र गोश्वरा भौचरमा एकिकृत जिल्ला स्वास्थ्य मात्र उल्लेख गरिएको छ । पेश्की रकम लिएका सबैलाई तिन दिन भित्र फछर्याैट गर्न पत्र पठाई सकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए । हाल जिल्ला विकास समिति कालीकोटमा सरुवा भई गएका देब किरण बुढाले यसरी स्वास्थ्यकर्मीलाई लाखौ रकम पेश्की दिएको पाईएको छ ।
१. पशुपति शाही सिनियर अहेव १४,२५०००
२. जंगलाल बुढा सिनियर अहेव ८, ८६ ०००
३. खडकबहादुर मल्ल सिनियर अहेव ३०००००
४. सरोजा घिमिरे सिनियर अनमी ३०००००
५. रामदेवी केसी अनमी ३०४०००
६. धान्ने बुढा स्टोर किपर ११००००
७. परशुराम नेपाली सिनियर अहेव ८५००००
८. नृपेन्द्र हितान अहेव १४००००
जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा आउने विरामीहरुले सरकारले तोकेको निशुल्क पाउनु पर्ने औषधी नपाएर निजी मेडिकलबाट किन्न बाध्य छन भने ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्दा सर्व सधारणले न्ुनतम स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको छ यता सदरमुकाममा बस्ने स्वास्थ्यकर्मीहरुले लाखौ रकम विना शिर्षक पेश्की लिएर व्यक्तिगत प्रयोजनमा खर्च गरिरहेका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..